News Portal

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धादिङ काठमाण्डौँ सम्पर्क मंचकाे अध्यक्षतामा विजय श्रेष्ठ

हिमालीसंचार संवाददाता
४६३ पटक

धादिङ– राजतंत्रका अवशेष, पंचेब्यपस्थाबाट प्रभावित ओली प्रवृत्ति बिरुद्दको विद्रोहबाट जन्मेका समाजबादी चिन्तन बोकेका पार्टी
नेकपा (एकीकृत समाजबादी) धादिङ- काठमाडौं सम्पर्क मंचको शुभकामना आदनप्रदान तथा सपथ ग्रहण कार्यक्रम कमरेड डा. गंगालाल तुलाधारको प्रमुख आतिथ्यमा सम्पन्न।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको धादिङ काठमाण्डौँ सम्पर्क मन्चको भेला तथा शुभकामना कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ ।

भेलाले विजय श्रेष्ठको अध्यक्षतामा ५६ सदस्यीय कमिटी गठन गरेको छ । आज भएको भेलाले उपाध्यक्षमा रेशम तामाङ्ग, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा डम्बर भारती र कोषाध्यक्षमा ठाकुर थापा लगायत सदस्यहरु चयन गरेको छ ।

उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरको प्रमुख आतिथ्यता भएकाे थियो । त्यसैगरी अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य विजय गुरुङ, संविधान सभा सदस्य गुरु बुर्लाकोटी लगायतका नेताहरुको आतिथ्य रहेको थियो ।

शिखर पार्टी प्यालेस कलंकीमा सम्पन्न भएको भेलामा सयौँ कार्यकर्ताहरुको उपस्थिति थियो । भेलामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर लगायतका नेताहरुले कमिटीका सदस्यहरुलाई बधाइ तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...