News Portal

जनआन्दोलनकी ‘पोस्टर गर्ल’ मन्त्री पदमा !

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाडौं – रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । उनले विस २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् ।

नेतृ झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन्। दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्वीर भाईरल भएपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए । त्यसले नै उनलाई राजनीतिक उदयका लागि समेत सहयोग गरेको छ ।

नेतृ झाँक्री उक्त घटनाबाट चर्चामा आएकी हुन्। विद्रोही नेतृको रूपमा परिचित भईन् । विस २०७५ सालमा नेकपाको केन्द्रीय सदस्य भएकी उनी तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधव नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्वीरका कारण पुन: चर्चामा आएकी थिइन् । उनलाई कतिपयले एमाले ‘विद्रोहकी विम्ब’को समेत संज्ञा दिएका थिए ।

विस २०३५ सालमा गुल्मीमा जन्मेकी उनले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् । पारिजातका कृतिबाट प्रभावित उनलाई पारिजात संघर्षशील नारी पुरस्कार पनि दिइएको थियो । 

इतिहास, दर्शन र साहित्यमा उनको रुचि छ। विकास नीतिमा समेत अभिरुचि राख्ने झाँक्री अहिले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छिन् ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...