News Portal

  • एमालेमा रहेर राजनीति गर्नेहरु कुहिरोको काग जस्तै भएका छन्: अशोक राई

    हिमालीसंचार संवाददाता
    २८० पटक

    खोटाङ – जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेमा रहेर राजनीति गर्नेहरुको अवस्था ‘कुहिरोको काग’जस्तो भएको बताएका छन् ।

    गत सोमबार खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका -६, दिप्सुङमा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण अभियान सुज अभियान एवम् पार्टी प्रवेश कार्यक्रममा नेता राईले सो कुरा बताएका हुन् ।

    ‘यहाँहरुको राजनीतिक भविष्य सुन्दर र सम्भावनायुक्त रहेको छ । त्यसो हुँदा जसपाले बोकेको नीति, कार्यक्रम, विचार, सिद्धान्तलाई तपाईहरुले बोक्ने जो विचार गर्नुभएको छ, ठीक निर्णय गर्नुभयो, यसको लागि यहाँहरुलाई हार्दिक बधाई,’ एमालेका कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘तर जो साथीहरु अहिले पनि एमालेमा बसिराख्नुभएको छ मलाई लाग्छ उहाँहरु अझै पनि अलमलमा हुनुहुन्छ, अन्यौलमा हुनुहुन्छ, अन्धकारमा हुनुहुन्छ । कुहिरोको काग जस्तै यात्रा गर्दै हुनुहुन्छ की जस्तो मलाई लाग्छ ।’

    आयोजित कार्यक्रम जसपा केपिलासगढी गाउँपालिका वडा नं-६, समितिको अध्यक्ष सन्जिव राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।एक दिन अधि मात्र वडासमिति गठन गरिएको थियो ।

    कार्यक्रममा जसपा केन्द्रीय सदस्य आङकाजी शेर्पा, केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, केन्द्रीय सदस्य तथा सुज अभियान खोटाङका संयोजक सुर्य राई, संघीय परिषद् सदस्य राकेश राई, कर्ण कार्की, जसपा खोटाङ जिल्ला समितिका अध्यक्ष टंक थापा, उपाध्यक्ष पिके खम्बू, कोषाध्यक्ष सावित्रा राई, समाजवादी विद्यार्थी युनियनका उपमहासचिव प्रकाश चाम्लिङ लगायका नेताहरुको उपस्थिति रहेको थियो।

    त्यस्तै, समाजबादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला सचिवालय सदस्य रविन खम्बू, समाजवादी युवा संघ खोटाङका अध्यक्ष गजेन्द्र राई, जसपा केपिलासगढी गाउँपालिकाका अध्यक्ष गुरुराज राई, उपाध्यक्ष विशाल दुमी राईलगायत नेताहरुको उपस्थिति रहेको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अक्टोबरमा एनआरएनएको अधिवेशन हुनै सक्दैन, कानुनी रूपमा पनि अघि बढ्छौं : अध्यक्ष महेश कुमार श्रेष्ठ

    काठमाडौँ, साउन ४ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले सर्वोच्च अदालतको...

    दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक पहिरोले अवरुद्ध, चारपांग्रे सवारी चल्न नसक्ने

    दोलखा, साउन ४ – अविरल वर्षासँगै आएको पहिरो र खहरे खोलाको बाढीका कारण दोलखाका दुई...

    नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पीडित डोल्मु तामाङको उपचारको लागि १ लाख बढी सहयोग

    युग लामा / कुवेत, साउन ४ – नेपाल तामाङ घेदुङ कुवेतले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६,...

    ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

    काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर...

    आज २०८२ साल साउन ४ गतेको राशिफल

    आज साउन ४, २०८२ (जुलाई २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...