News Portal

मोरङको रंगेली पालिकामा जनता समाजवादी पार्टीमा १ सय ५० जना प्रवेश

हिमालीसंचार संवाददाता
४२० पटक

रविन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका ७ स्थित भगतराम चिनिराम धर्मशालामा “सङ्घीयता, सुशान समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” मुल नाराका साथ  मोरङको रंगेलीमा जनता समाजवादी पार्टी, नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियान कार्याक्रमको आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीमा १ सय ५० जना प्रवेश गरेका छन्।

आयोजित कार्यक्रमको प्रमुख अथिति जसपाका कार्याकारी सदस्य एवम् मोरङ झापाको सुज अभियानका संयोजक युवराज कार्की, केन्द्रीय सदस्य प्रेम नाथ थापा, जिल्ला अध्यक्ष राज कुमार यादव, नगर अध्यक्ष पन्नालाल मंण्डल, वडाअध्यक्ष रुपेश मंण्डल, शिशुपाल यादव, पवन साेनी , बुद्धिजीवी, महिला लगायतको उपस्थित रहेको थियो।

आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दे युवराज कार्कीले भने केपी ओलीको अहङकारका कारण संसद विघटन गरेको र अदालतले जनताको मर्म र भावना अनुरुप पुनःविघटन भएको संसद पुनःस्थापना गर्ने  फैसला गरेकोमा जनताको जित समेत भएको उनले बताए ।   

आयोजित कार्यक्रममा विभिन्न पाटी परित्याग गरेर १ सय ५० जना समेत पाटी प्रवेश गरेका छन । सोही कार्यक्रममा नगर समिति विस्तार गर्नुका साथै  महिला संजाल समेत गठन गरेका छन ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...