News Portal

महाधिवेशनस्थलमा ओलीको ‘देवत्वकरण’ : पानीको बोतलमा समेत ओलीको फोटो

“नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको तस्बीरको ठाउमा ओलीको फोटो राखिएको छ”

हिमालीसंचार संवाददाता
४९२ पटक

काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्।

महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन। उनको फोटो स्ट्यान्डको रुपमा राखिएको छ। उनका फोटोहरु पनि राखिएका छन्। कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको छ।

महाधिवेशनलाई लक्षित गरेर काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन्।

विधान महाधिवेशन कार्यक्रममको मुख्य हलमा नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको तस्बीर राख्ने गरिन्थ्यो यो कार्यक्रममा राखिएको छैन। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारी फोटो राखिएको छैन। त्यहाँ जनताको बहुदलीय जनवाद लेखिएको ठूलो ब्यानर र सूर्य चिह्न तथा राष्ट्रिय झण्डा राखिएका छन्।

अध्यक्ष ओली अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका छन्। राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला स्वास्थ्यमा समस्या आएपछि ओली सभाहलबाट बाहिरिएका हुन्। उनले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पार्टी उपमहासचिव शंकर पोखरेलले प्रस्तुत गरिरहेका छन्। 

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...