News Portal

महाधिवेशनस्थलमा ओलीको ‘देवत्वकरण’ : पानीको बोतलमा समेत ओलीको फोटो

“नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको तस्बीरको ठाउमा ओलीको फोटो राखिएको छ”

हिमालीसंचार संवाददाता
५५१ पटक

काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्।

महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन। उनको फोटो स्ट्यान्डको रुपमा राखिएको छ। उनका फोटोहरु पनि राखिएका छन्। कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको छ।

महाधिवेशनलाई लक्षित गरेर काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन्।

विधान महाधिवेशन कार्यक्रममको मुख्य हलमा नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको तस्बीर राख्ने गरिन्थ्यो यो कार्यक्रममा राखिएको छैन। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारी फोटो राखिएको छैन। त्यहाँ जनताको बहुदलीय जनवाद लेखिएको ठूलो ब्यानर र सूर्य चिह्न तथा राष्ट्रिय झण्डा राखिएका छन्।

अध्यक्ष ओली अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका छन्। राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला स्वास्थ्यमा समस्या आएपछि ओली सभाहलबाट बाहिरिएका हुन्। उनले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पार्टी उपमहासचिव शंकर पोखरेलले प्रस्तुत गरिरहेका छन्। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...