News Portal

म ओलीभन्दा जेठो हुँ, राजीनामा दिएपछि सकियो – वामदेव गौतम

हिमालीसंचार संवाददाता
४७७ पटक

काठमाडौं।
नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन्। एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’

नेकपा एमालेले तपाईको राजीनामा अस्वीकृत गरेछ, निर्वाचन आयोगमा पनि नाम पठाएछ नि भन्ने रातोपाटीको प्रश्नमा नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए। केपी ओलीको नेतृत्वमा आफू बस्न नसक्ने उनले दोहोर्याए।

वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ। उनी भन्छन्, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला। त्यो खेल भएको हुन सक्छ।’

नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए। तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन।

‘राजीनामा दिइसकेपछि त्यो राजीनामा भइहाल्यो नि। स्वीकृत गर्ने, नगर्ने कुराको कुनै मतलब हुँदैन’ नेता गौतमले रातोपाटीसँग भने, ‘म सिद्धान्तनिष्ठ व्यक्ति हो। विचार, सिद्धान्त यी सबै कुरामा नैतिकताको पनि सवाल आउँछ। मलाई ओलीको नेतृत्वमा त्यहाँ बसिरहन उपयुक्त लागेन।’

राजीनामा पत्रमा आफूले ओलीमाथि १० वटा आरोपहरू लगाएको बताउँदै नेता गौतमले आफ्नो राजीनामा स्वीकृत गरे पनि नगरेपनि ओलीमाथि लगाइएका ती आरोपहरूलाई पार्टीले सुरक्षित राख्नुपर्ने बताए।

‘मैले केपी ओलीलाई १० वटा आरोपहरू लगाएको छु। यो यो कारणले म एमालेमा रहन सक्दिनँ भनेको छु’ उनले भने, राजनीनामा स्वीकृत गर्दाखेरि पनि वा अस्वीकृत गरे पनि त्यो पार्टीको दस्तावेज हुन्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ।’

म केपी ओलीभन्दा जेठो हुँ !

नेता गौतमले आफू केपी शर्मा ओलीभन्दा हरेक कुराले सिनियर भएको बताए। उनले भने, ‘म राजनीतिक व्यक्ति हुँ। केपी ओलीभन्दा अगाडिको हुँ। उमेरले पनि जेठो हुँ। पार्टीमा लागेको हिसाबले पनि जेठो हो। नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले हो। मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु। यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन। मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन।’

आफूले नेकपा एमालेमा छलफलका लागि प्रस्तुत गरेका विचार र प्रस्तावहरूप्रति केपी ओलीले अरुचि देखाएको र उनी निकटस्थहरुले बोल्न नदिएपछि आफू बैठकमा जान छाडेको नेता गौतमले रातोपाटीलाई बताए।

गौतमले रातोपाटीसँग भने, ‘जुन दस्तावेजहरु लगे, त्यसमा छलफलका निम्ति उनले(ओलीले) ‘इन्टरटेन’ नै गरेनन्। वामदेवले यस्तो–यस्तो विषयमा छलफल गर्न चाहनुभएको छ भन्दा पनि भनेनन्। मैले पछिल्लोपटक स्थायी कमिटीको बैठकमा कुरा राख्दै थिएँ, केपी ओलीका एकजना सल्लाहकार सभापति केशव बडालले ममाथि झम्टिए। मलाई बोल्नै दिएनन्। उनीहरुले यस्तो गरेका छन् र म त्यही दिनदेखि बैठकमा गएको छैन।’

राजनीतिक व्यक्तिले पार्टी फुटाएर अर्को पनि बनाउन सक्ने गौतमले बताए। उनले भने, ‘मलाई थाहा छ कि राजनीतिक व्यक्तिले पार्टी फुटाउन सक्छन्, अर्को पार्टी बनाउन सक्छन्। तर, म अहिले भर्खरै त्यस्तो मानसिकतामा गएको छैन।’

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...