News Portal

धमिलो पानीमा माछा मार्न खोज्दै निधि, देउवाको आलोचनामा रमाए शेखर

हिमालीसंचार संवाददाता
४२३ पटक

सन्जिब पन्त,
काठमाडौं। एमालेभित्रको विवाद नेपाली कांग्रेसमा पनि सर्ने सम्भावना निकै बलियो गरेर बढेको छ। सभापति शेरबहादुर देउवा १४औँ महाधिवेशन गर्न चाहिरहेका छन्। नेता रामचन्द्र पौडेल समूह महाधिवेश बिथोल्न खोजेको आरोप लागेको छ।

पौडेल समूहले महाधिवेशनमा घाटा देखेपछि देउवालाई असहयोग गरिरहेको छ। पौडेल समूहभित्र सभापतिमा पनि एकरुपता छैन। पौडेलले सभापतिमा सहयोग नपाएपछि महाधिवेशन रोक्न खोजेपौडेल समुह निकट स्रोतको भनाइ छ। पौडेलले देउवालाई महाधिवेशन विरोधको आरोप लगाएर विभिन्न बखेडा गरेका थिए।

क्रियाशील सदस्यता छानविन समितिमा पौडल समूहका मानिस पनि छन्। समितिले बुझाएको प्रतिवेदन बुझ्नेमा पौडेल पनि छन्। केन्द्रीय कार्यसमिति र छानविन समितिमा क्रियाशील सदस्यताको विवादमा सर्वसम्मत निर्णय भएको छ।

अहिले आएर पौडलले आफैले हस्ताक्षर गरेको निर्णयमा बखेडा निकालेका छन्। डडेल्धुरा कांग्रेसको कुरालाई पौडेलले निकाल्ने गरेका छन्। महामन्त्री कोइरालाले डडेल्धुराका विषयमा दोहो-याएर वडा अधिवेशन नहुने भनेपछि पौडेल चकित परेका छन्।

उप–सभापति विमलेन्द्र निधिले पनि धमिलो पानीमा माछामार्न खोजेका छन्। डडेल्धुरामा समायोजनमा १ हजार क्रियाशील सदस्यता माओवादीबाट आएको समूहलाई दिने निर्णय गरेका थिए। निधि आफैले गरेको निर्णयको विरोधमा उत्रिएका छन्। निधिले देउवाको आलोचना गरेर वा महाधिवेशन विथोलेर आफूलाई फाइदा हुन्छ भन्ने कुरा सोँचेका छन् भने त्यो गलत हुनेछ।

देउवाको आलोचना गरेर नेता बन्ने योजनामा शेखर कोइराला पनि छन्। लामो समय जागिर गरेर कांग्रेसको राजनीतिमा लागेका शेखरले सभापतिमा दाबी गरेका छन्। कोइरालाले आफूलाई सभापतिको उम्मेदवार भन्दै आएका छन्।

शेखरबाट पीडित भएका नेता कार्यकर्ता अहिले पनि धेरै छन्। शेखरले आफूलाई कोइराला परिवारको विरासत हुँ भन्ने उचित होइन। शेखरलाई कोइराला परिवारभित्र ‘सी’ क्लासको कोइराला भन्छन्। शेखर कोइरालाले आफूलाई कांग्रेसभित्रको मसिहा ठान्छन्। यो उनको भूल हो। शेखरले आफूलाई पनि कार्यकर्ता बनाउन जरुरी छ। होइन भने उनलाई सभापति स्वीकार गर्न नसकिने कोइराला समुहबाटै आबाज उठ्न थालेको छ।

कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ। सरकारबाट जनताले धेरै अपेक्षा गरेका छैनन्। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको जस्तो देश र संविधान अनि राष्ट्रको ढुकुटी समाप्त गर्ने खालका कार्य नगरे हुन्छ भन्नेछ। आफ्नै पार्टी कांग्रेसभित्रबाट सरकारलाई असहयोग भइरहेको छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...