News Portal

खोटेहाङ गाउँपालीका सभापतिमा राजु ढकालको प्यानल सहित उम्मेदवारी

हिमालीसंचार संवाददाता
२७७ पटक

खोटाङ -नेपाली काङ्ग्रेस खोटेहाङ गाउँपालीका सभापतिमा युवा नेता राजु ढकालले प्यानल टीम सहित उम्मेदवारी सार्वजनिक गरेका छन। नेपाली काङ्ग्रेस खोटाङको सातौ जिल्ला अधिवेशन अन्तर्गत असोज ९ गतेलाई तोकिएको पालीका अधिवेशनमा नेता ढकाल, “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन खोटेहाङ गाउँपालीका कार्यसमिती निर्माण हाम्रो अभियान” नारा सहित चुनावी मैदानमा होमिएका हुन।

नेपाली काङ्ग्रेस तरुण विभागका केन्द्रिय सदस्य समेत रहेका नेता ढकाल आफ्नो प्यानल पुर्ण रुपमा समावेशी साथै बलियो भएको दाबी गर्छन। उनको टिमबाट उपसभापतिमा नेताहरु विमल लामा र विष्णु विष्ट प्रतिष्पर्धामा छन भने सचिवमा प्रविण केसि र धिरेन्द्र राईले उम्मेदवारी सार्वजनिक गरेका छन। त्यसैगरी सह-सचिवमा न्युटन कार्की र माघिका राईले उम्मेदवारी सार्वजनिक गरेका छन।

श्रोतका अनुसार नेता ढकालको प्यानललाई नेपाली काङ्ग्रेस खोटाङका पुर्व सभापती एवं महासमिती सदस्य विष्णुकुमार राई, महासमिती सदस्यहरु रविप्रकाश राई, केशव कार्की, हिरा गुरुङ, कमला राई साथै महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठ, सहरमान राई, नेपाली काङ्ग्रेस खोटाङका सचिव इच्छु राना, सह-सचिव प्रेमकुमार राई, कोषाध्यक्ष जीवन राई साथै नेपाली काङ्ग्रेस खोटाङका जिल्ल्ल सदस्यहरु वसन्त राई, भुवन श्रेष्ठ, शरण कुमार राई, दिनेश घिमिरे, जिल्ला सदस्य तथा वाराहपोखरी गाउपालीका प्रमुख शालिकराम बञ्जारा, प्रदेश सभा क्षेत्र नं. ‘ख’ खोटाङका सभापती तिर्थराज भट्टराईको बलियो समर्थन रहेको बुझिन्छ। संगै पालीकाका नौ मध्य केही बाहेक सबै वडा सभापतिहरुको समेत नेता ढकाललाई पुर्ण समर्थन रहेको श्रोतले जनाएको छ। जसकारण सांगठनिक, भौगोलिक, एजेण्डागत हरेक हिसाबले राजु ढकाल नेतृत्वको प्यानल वहुमतका साथ विजयी हुने आंकलन गर्न सकिन्छ।

नेता राजु ढकाल युवा व्यवसायी हुनका साथसाथै खोटेहाङ गाउँपालीका क्षेत्रमा राम्रो प्रभाव राख्ने व्यक्तित्व समेत हुन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...