News Portal

खोटेहाङ गाउँपालीका सभापतिमा राजु ढकालको प्यानल सहित उम्मेदवारी

हिमालीसंचार संवाददाता
३२६ पटक

खोटाङ -नेपाली काङ्ग्रेस खोटेहाङ गाउँपालीका सभापतिमा युवा नेता राजु ढकालले प्यानल टीम सहित उम्मेदवारी सार्वजनिक गरेका छन। नेपाली काङ्ग्रेस खोटाङको सातौ जिल्ला अधिवेशन अन्तर्गत असोज ९ गतेलाई तोकिएको पालीका अधिवेशनमा नेता ढकाल, “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन खोटेहाङ गाउँपालीका कार्यसमिती निर्माण हाम्रो अभियान” नारा सहित चुनावी मैदानमा होमिएका हुन।

नेपाली काङ्ग्रेस तरुण विभागका केन्द्रिय सदस्य समेत रहेका नेता ढकाल आफ्नो प्यानल पुर्ण रुपमा समावेशी साथै बलियो भएको दाबी गर्छन। उनको टिमबाट उपसभापतिमा नेताहरु विमल लामा र विष्णु विष्ट प्रतिष्पर्धामा छन भने सचिवमा प्रविण केसि र धिरेन्द्र राईले उम्मेदवारी सार्वजनिक गरेका छन। त्यसैगरी सह-सचिवमा न्युटन कार्की र माघिका राईले उम्मेदवारी सार्वजनिक गरेका छन।

श्रोतका अनुसार नेता ढकालको प्यानललाई नेपाली काङ्ग्रेस खोटाङका पुर्व सभापती एवं महासमिती सदस्य विष्णुकुमार राई, महासमिती सदस्यहरु रविप्रकाश राई, केशव कार्की, हिरा गुरुङ, कमला राई साथै महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठ, सहरमान राई, नेपाली काङ्ग्रेस खोटाङका सचिव इच्छु राना, सह-सचिव प्रेमकुमार राई, कोषाध्यक्ष जीवन राई साथै नेपाली काङ्ग्रेस खोटाङका जिल्ल्ल सदस्यहरु वसन्त राई, भुवन श्रेष्ठ, शरण कुमार राई, दिनेश घिमिरे, जिल्ला सदस्य तथा वाराहपोखरी गाउपालीका प्रमुख शालिकराम बञ्जारा, प्रदेश सभा क्षेत्र नं. ‘ख’ खोटाङका सभापती तिर्थराज भट्टराईको बलियो समर्थन रहेको बुझिन्छ। संगै पालीकाका नौ मध्य केही बाहेक सबै वडा सभापतिहरुको समेत नेता ढकाललाई पुर्ण समर्थन रहेको श्रोतले जनाएको छ। जसकारण सांगठनिक, भौगोलिक, एजेण्डागत हरेक हिसाबले राजु ढकाल नेतृत्वको प्यानल वहुमतका साथ विजयी हुने आंकलन गर्न सकिन्छ।

नेता राजु ढकाल युवा व्यवसायी हुनका साथसाथै खोटेहाङ गाउँपालीका क्षेत्रमा राम्रो प्रभाव राख्ने व्यक्तित्व समेत हुन।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...