News Portal

महेश बस्नेत निजामती कर्मचारीसँग मुड्की जुधाउने, बादल खादा ओढाउने !

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाडौं।
शनिबार बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेला आयोजना गरियो। बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापा ‘बादल’, महेश बस्नेतलगायत नेताहरु उपस्थित थिए।

निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रम हेर्दा कुनै दलकै कार्यक्रम आयोजना गरिएको जस्तो देखिन्थ्यो। कार्यक्रम थियो, एमालेनिकट निजामती कर्मचारी संगठनको। कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट निजामती कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहित एक सय जना केन्द्रीय सदस्य एमालेनिकट निजामती कर्मचारी संगठनमा प्रवेश गरे।

माओवादीबाट एमालेमा प्रवेश गरेका निजामती कर्मचारीहरु माओवादी छाडेका  बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टनिकट हुन्। बादलसहित अन्य नेताहरु माओवादीबाट छुट्टिएर एमालेमा समाहित भएपनि कर्मचारी संगठन समाहित भएको थिएन।

तर, शनिवार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट उनीहरुलाई समाहित गरिएको छ। माओवादीबाट एमालेमा आएका कर्मचारीहरुलाई एमाले अध्यक्ष अ‍ोलीको उपस्थितिमा नेता बादलले खादा ओढाएका थिए। बादलभन्दा अगाडि रहेका महेश बस्नेतले भने माओवादी छाडेर एमालेमा आएकाहरुलाई अविर लगाउँदै मुड्की जुधाएका थिए। अध्यक्ष ओली भने पार्टीमा प्रवेश गर्ने कर्मचारीहरुतिर हेर्दै खुसी देखिन्थे।

शनिबार नै नेपाल निजामती कर्मचारी संगठनको बसेको केन्द्रीय समिति बैठकले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा संगठनका अध्यक्ष केदार देवकोटालाई पठाउने निर्णय गरेको छ। बैठकले आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेल, कोषाध्यष सिन्धु पाण्डेसहितलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...