News Portal

तरुण उपाध्यक्ष चापागाइँले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

हिमालीसंचार संवाददाता
४३७ पटक

काठमाडौं।
नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। उपाध्यक्ष चापागाइँले कांग्रेसको केन्द्रीय सदस्यका लागि तयारी गरे पनि औपचारिक रुपमा घोषणा गरेका छैनन्।

उनले शीर्ष नेता र साथीभाईहरूको सरसल्लाहमा उपयुक्त समयमा उम्मेदवारी घोषणा गर्ने प्रतिक्रिया दिएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट मानिने चापागाइँले एकलौटी रुपमा हतार गरेर उम्मेदवारी घोषणा नगर्ने बताए।

‘म कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने सोँच बनाएको छु, उनले भने, ‘टिमको नेता र साथीभाईहरूको परामर्शमा अगाडि बढ्नेछु।’ कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर पार्टीमा काम गर्ने पक्षमा आफू रहेको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...