News Portal

सीमानाकामा कोरोनाको हाउगुजी, होटल व्यवसाय धराशयी बन्दै

हिमालीसंचार संवाददाता
५५० पटक

कृष्णउदास खनाल,
वीरगन्ज। सरकारको लापरबाहीका कारण वीरगन्ज क्षेत्रमा सञ्चालनमा रहेका २० अर्बको होटल व्यवसाय धराशयी बन्दै गएको छ। वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले सरकारले सीमानाकालाई सहज नबनाइदिएका कारण व्यसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन्।

कोरोनाको हाउगुजी देखाएर सरकारले सीमानाका बन्द गरेपछि वीरगन्ज नाका भएर आउने मुख्य गरी भारतीय पर्यटकको आवागमन ठप्प भएपछि आफूहरु पेसाबाट नै पलाउन हुनुपर्ने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो। उहाँले वीरगन्ज सीमानाकाबाट दैनिक सयौं व्यक्तिको ओहोरदोहोर भएपनि सरकारले औपचारिक रूपबाट नाका सञ्चालनमा नल्याइदिँदा पर्यटन क्षेत्र नराम्रोसँग मारमा परेको बताउनुभयो।

केपी ओली सरकारले कोरोना संक्रमण बढेको भन्दै २०७६ चैत ११ गते रातिबाट नै वीरगन्ज नाका बन्द गरेको थियो। सो समयदेखि बन्द रहेको नाका अहिलेसम्म पनि खुल्न नसक्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनेको यहाँका पर्यटन व्यवसायीको भनाइ छ।

२० अर्बको लगानी वीरगन्जको होटल क्षेत्रमा रहेको र पहिलो र दोस्रो लहरको कोरोनाका कारण आफूहरुले १ अर्बजति क्षति व्यहोर्न परेको बताउँदै पर्यटन व्यवसायी संघ पर्साका उपाध्यक्ष रिचेन्द्र थापाले एक दर्जन होटल यो अवधिमा बन्द भइसकेको जानकारी दिनुभयो।

सीमा नाका लामो समयसम्म बन्द हुँदा आफूहरुले झेल्न परेको समस्याको विषयमा चाँडै प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने योजनामा आफूहरु रहेको युवा होटल व्यवसायी दिलीपराज कार्कीले बताउनुभयो।

कोरोना संक्रमित नगन्य !
पर्सामा कोरोनाका संक्रमित लगभग शून्यको अवस्थामा रहेको छ। कुनै बेला हटस्पट बनेको पर्सामा अहिले सक्रिय संक्रमितको संख्या १३ जनामात्रै रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताउनुभयो।

उहाँले अब कोरोनाका कारण मात्रै देखाएर सीमानाका बन्द गर्नुको अर्थ नरहेको बताउनुभयो। भारतमा समेत कोरोनाको त्रास कम भएकाले अब सीमानाका खुला गरी पर्यटकको आवागमनलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो।

 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...