News Portal

जनसम्पर्क समिति कुवेतका पुर्व प्रबक्ता विजय भट्टराईद्वारा नगर सह-सचिवमा उम्मेद्वारी घोषणा

हिमालीसंचार संवाददाता
४७५ पटक

झापा। सहिद विष्णुप्रसाद भट्टराईका छोरा विजय भट्टराईले पनि आइतबार हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा सह-सचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन्। जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन्। उनी सहिदका छोरासमेत हुन्।

मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२/६३ को जनआन्दोलनमा सहिद भएका थिए। मेचीनगरको सात दलले विष्णुप्रसादलाई सहिद घोषणा गरेको थियो। विष्णुप्रसाद आन्दोलनका बेला अग्रमोर्चामा खटिएका थिए। ७ दलको चारआलीदेखि काँकरभिट्टासम्म साइकल र्याली हुँदा त्यसमा सहभागी उनको धुलाबारीमा अचानक ह्रदयघात भएर निधन भएको थियो।

कांग्रेस मेचीनगरको यहि भदौ २७ गते हुने नगर अधिवेशनका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यका स्वकीय सचिवसमेत रहेका भट्टराईले सह-सचिव पदमा उम्मेद्ववारी दिने घोषणा गरेका हुन्। उनी यो भन्दा अगाडि नेपाली कांग्रेसको बैदेशिक सुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति कुवेतको प्रबक्ता समेत थिए। कुवेत रहदा उनले पार्टीको संस्थालाई बलियो बनाउन अहम भुमिका निर्वाह गरेका थिए।

कांग्रेसको १२ औँ महाधिवेशनदेखि क्रियाशिल सदस्यता रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन्। संगठनको हित, संगठन बिस्तार र संगठन मजबुत बनाउदै नयाँ ढाचाबाट पार्टीलाई अघि बढ्नका लागि मेरो पूर्ण योगदान रहने उनले बताए।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...