News Portal

संखुवासभा अध्यक्ष सहित ३५ जना जिल्ला सदस्य एकीकृत समाजवादीमा

हिमालीसंचार संवाददाता
४०२ पटक

संखुवासभा – नेकपा एमाले संखुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटि सदस्य नेकपा एकीकृत समाजवादी पाटीमा लागेका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकपछि एकीकृत समाजवादीमा लागेको घोषण गरेको हुन् । 

निर्वाचित ५८ जना जिल्ला कमिटि सदस्य मध्ये अध्यक्ष हेमराज घिमिरे सहित ३५ जनाले एकीकृत समाजवादी पाटी रोजेका हुन् । त्यस्तै, २६ जना सचिवालय सदस्य मध्ये १५ जना समाजवादीमा खुलेका छन् । 

सचिवालय सदस्यहरु ऋषिकेशव चापागाईं, कृष्ण कुमार तामाङ, मानसिं पोख्रेल, बद्री सापकोटा, सुमन शाक्य, केशर बहादुर महते, राजेन्द्र सुब्बा, योगराज गाँउले, डम्बर बहादुर श्रेष्ठ, केश कुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदम कुमारी गुरुङ एकिकृत समाजवादी पार्टीमा लागेको हेमराज घिमिरेले बताए । प्रदेश सभा सदस्य समेत रहेका सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराई सकेका छन् । 

त्यस्तै, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठ लगायतका वडा अध्यक्ष, सदस्यहरुको खनाखत गराउने तयारी भइरहेको जनाइएको छ । माधव नेपाल पक्षमा रहेका जिल्ला कमिटि उपाध्यक्ष भिम लिङ्खा भने अहिलसम्म कतै खुलेका छैनन् । एमाले पुर्व अध्यक्ष तथा केन्द्रिय लेखा आयोग सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजबादीमा लागेका छन् । 

गत सोमबार सम्म चल्ने बैठकमा आगामी रणनितिका बारेमा सल्लाह सुझाव संकलन गरिने एकीकृत समाजबादी संखुवासभाले जनाएको छ । शनिबारबाट सुरु भएको बैंठक सोमबार सम्म चल्ने बताइएको छ । ५८ जिल्ला कमिटि सदस्य मध्ये सचिव खड्ग राई, उपसचिव वाङ्दावी भोटे सहित २३ जिल्ला कमिटि सदस्य भने एमालेमा नै रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...