News Portal

संखुवासभा अध्यक्ष सहित ३५ जना जिल्ला सदस्य एकीकृत समाजवादीमा

हिमालीसंचार संवाददाता
४३१ पटक

संखुवासभा – नेकपा एमाले संखुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटि सदस्य नेकपा एकीकृत समाजवादी पाटीमा लागेका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकपछि एकीकृत समाजवादीमा लागेको घोषण गरेको हुन् । 

निर्वाचित ५८ जना जिल्ला कमिटि सदस्य मध्ये अध्यक्ष हेमराज घिमिरे सहित ३५ जनाले एकीकृत समाजवादी पाटी रोजेका हुन् । त्यस्तै, २६ जना सचिवालय सदस्य मध्ये १५ जना समाजवादीमा खुलेका छन् । 

सचिवालय सदस्यहरु ऋषिकेशव चापागाईं, कृष्ण कुमार तामाङ, मानसिं पोख्रेल, बद्री सापकोटा, सुमन शाक्य, केशर बहादुर महते, राजेन्द्र सुब्बा, योगराज गाँउले, डम्बर बहादुर श्रेष्ठ, केश कुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदम कुमारी गुरुङ एकिकृत समाजवादी पार्टीमा लागेको हेमराज घिमिरेले बताए । प्रदेश सभा सदस्य समेत रहेका सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराई सकेका छन् । 

त्यस्तै, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठ लगायतका वडा अध्यक्ष, सदस्यहरुको खनाखत गराउने तयारी भइरहेको जनाइएको छ । माधव नेपाल पक्षमा रहेका जिल्ला कमिटि उपाध्यक्ष भिम लिङ्खा भने अहिलसम्म कतै खुलेका छैनन् । एमाले पुर्व अध्यक्ष तथा केन्द्रिय लेखा आयोग सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजबादीमा लागेका छन् । 

गत सोमबार सम्म चल्ने बैठकमा आगामी रणनितिका बारेमा सल्लाह सुझाव संकलन गरिने एकीकृत समाजबादी संखुवासभाले जनाएको छ । शनिबारबाट सुरु भएको बैंठक सोमबार सम्म चल्ने बताइएको छ । ५८ जिल्ला कमिटि सदस्य मध्ये सचिव खड्ग राई, उपसचिव वाङ्दावी भोटे सहित २३ जिल्ला कमिटि सदस्य भने एमालेमा नै रहेका छन् ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...