News Portal

एमाले छोडे पनि वामदेव गौतमको सांसद पद नजाने

हिमालीसंचार संवाददाता
४५६ पटक

काठमाडौँ।
वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ। गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्।

‘राजनीतिक दलबाट निर्वाचित सांसदहरूले दल त्यागेमा उनीहरूको पद जान्छ तर गौतम दलबाट मनोनीत नभएका कारणले पार्टी छोडे पनि पद सुरक्षित रहन्छ’ संविधानविद् भीमार्जुन आचार्यले भने।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गर्ने तीन जना सांसदमध्ये गौतम प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया १ बाट पराजित भएका व्यक्ति हुन्। प्रतिनिधिसभाको त्यही कार्याकालभित्र घुमाउरो बाटोबाट संघीय संसद्मा‌ प्रवेश गरेको भन्दै गौतमको मनोनयनविरुद्ध दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।

गौतमलाई मनोनयन गर्नेबेलामा तत्कालीन नेकपा नेतृत्वको सरकार थियो। अहिले उक्त पार्टीको अस्तित्व छैन।

वामदेव गौतमले दिएको राजिनामा पत्र:

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...