News Portal

लुम्बिनीमा मन्त्रिहरुको जिम्मेवारी हेरफेर, मुख्यमन्त्रीको भागमा ९ मन्त्रालय !

हिमालीसंचार संवाददाता
४५६ पटक

बुटवल। 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा मन्त्रिहरुको कार्य जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार शुक्रबार मन्त्रिहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।

शुक्रबार प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिअुनसार ग्रामीण तथा शहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई थप पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको छ। सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई थप सहकारी मन्त्रालय र विना विभागीय मन्त्री अजयबहादुर शाहीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ।

सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री रहेका छन्। साथै, जनता समाजवादी पार्टीका दुई मन्त्री पुरमति ढेंगा र सुमन शर्मा रायमाझी भने अझैँ विना विभागीय नै रहेका छन्।

मुख्यमन्त्री केसीले भने ८ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको विज्ञप्तिमा देखिन्छ। जसअन्तर्गत आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन्।

चार दलीय गठबन्धनबाट बनेको सरकारमा राष्ट्रिय जनमोर्चाले सहभागी नहुने बताइसकेको छ। हाल सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी रहेका छन् तर, बाँकी रहेका ९ मन्त्रालयमध्ये कुन मन्त्रालय लिने भन्नेबारे दलहरुबीच कुरा मिलेको छैन।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...