News Portal

विदेशीको मुख ताक्ने प्रवृत्तिले मुलुकको हित गर्दैन : कमल थापा

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने प्रवृत्तिले मुलुकको हित नगर्ने बताएका छन् । राष्ट्रियता, स्वाधीनतासँगै धर्म, संस्कृति र पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुको विकल्प नभएको उनको भनाइ छ ।

बिहीबार मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएको घटना समेत बंग्याउन बाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउँछ भन्ने आशा गर्न नसकिने बताए ।

अध्यक्ष थापाले लोभलालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबलसहित स्थानीय तहको निर्वाचनको तयारी अगाडि बढाउन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...