News Portal

  • वाग्मतीका सामाजिक विकासमन्त्रीले दिए राजीनामा

    हिमालीसंचार संवाददाता
    २८८ पटक

    काठमाडौँ।
    वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्।

    मंगलबार उनले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए।

    उनले भने, मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ। खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए। खनाल नेकपा (एस)का केन्द्रीय सदस्यसमेत हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...