News Portal

एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही नगर्ने सभामुखको निर्णय

हिमालीसंचार संवाददाता
४०४ पटक

काठमाडौं – सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने भएका छन्।

निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन्। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भएको जानकारी दिए। 

योगीका अनुसार “नेकपा एमालेले कारबाही गर्न भनेर पत्र पठाएको थियो। अब कानून अनुसार अर्को दल दर्ता भइसकेको अवस्थामा अगाडि बढ्ने अवस्था नरहेको भनेर सभामुखले निर्णय गर्नु भएको हो ।”

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो। एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना समेत दिएका थिए।

प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गर्नुपर्ने छ।तर सभामुख सापकोटाले १३ दिनसम्म सूचना प्रकाशित गरेका थिएनन्। उनले १३ औँ दिनमा नयाँ दल दर्ता भएको स्थितिमा कारबाहीको सूचना टाँस नगर्ने निर्णय लिएका हुन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...