News Portal

प्रदेशको नाम राख्न नसकेकोमा कुनै पछुतो छैन – शेरधन राई

हिमालीसंचार संवाददाता
७१८ पटक

विराटनगर – प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताउदै प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै यसमा कुनै पछुतो नभएको बताए।

निवर्तमान मुख्यमन्त्री राईले थप भने ‘मलाई गौरब छ, मैले धेरै गर्न सकिन होला, जनताले जे अपेक्षा राखेका थिए, मैल गर्न सकिन होला । तर मैले गल्ती गरेको छैन, म जतिबेला पनि जहिले पनि शीर ठाडो पारेर उभिन सक्ने, हिड्न सक्ने र बोल्न सक्ने हिसाबले काम गरेको छु ।’ 

राईका अनुसार पार्टी एकताका निम्ति आफूले पद त्याग गरेको बताउँदै उनले साढे तीन वर्ष सन्तोष जनक काम गरेको प्रदेश सरकारले सुरु गरेका योजनाहरुको प्रतिफल केही वर्षपछि देखिने बताएका थिए। 

राईले थप प्रष्ट पार्दै भने: प्रदेश सरकारले सुरु गरेका सडक पुल र विकासका अन्य कार्यक्रम निर्माणधिन अवस्थामा चलिरहेको छ । ‘हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन । हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ। हामीले थालेका कामहरु सम्पन्न हुँदै गर्दा प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्नेछ।

साढे तीन वर्षको कार्यकालमा प्रदेशको नाम राख्ने प्रयास गरेपनि नसकेको कुनै पछुतो नभएको बताए । प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै उनले सरकारको भएको भनेर पन्छिएका थिए । प्रदेश नं.१ जनताले राईको सामाजिक संजालमा चर्को आलोचना गरिरहेका छन्। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...