News Portal

प्रदेशको नाम राख्न नसकेकोमा कुनै पछुतो छैन – शेरधन राई

हिमालीसंचार संवाददाता
६८४ पटक

विराटनगर – प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताउदै प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै यसमा कुनै पछुतो नभएको बताए।

निवर्तमान मुख्यमन्त्री राईले थप भने ‘मलाई गौरब छ, मैले धेरै गर्न सकिन होला, जनताले जे अपेक्षा राखेका थिए, मैल गर्न सकिन होला । तर मैले गल्ती गरेको छैन, म जतिबेला पनि जहिले पनि शीर ठाडो पारेर उभिन सक्ने, हिड्न सक्ने र बोल्न सक्ने हिसाबले काम गरेको छु ।’ 

राईका अनुसार पार्टी एकताका निम्ति आफूले पद त्याग गरेको बताउँदै उनले साढे तीन वर्ष सन्तोष जनक काम गरेको प्रदेश सरकारले सुरु गरेका योजनाहरुको प्रतिफल केही वर्षपछि देखिने बताएका थिए। 

राईले थप प्रष्ट पार्दै भने: प्रदेश सरकारले सुरु गरेका सडक पुल र विकासका अन्य कार्यक्रम निर्माणधिन अवस्थामा चलिरहेको छ । ‘हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन । हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ। हामीले थालेका कामहरु सम्पन्न हुँदै गर्दा प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्नेछ।

साढे तीन वर्षको कार्यकालमा प्रदेशको नाम राख्ने प्रयास गरेपनि नसकेको कुनै पछुतो नभएको बताए । प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै उनले सरकारको भएको भनेर पन्छिएका थिए । प्रदेश नं.१ जनताले राईको सामाजिक संजालमा चर्को आलोचना गरिरहेका छन्। 

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...