News Portal

भुतपुर्व गोर्खा सनिक साथै खोटाङ विकास निर्माणको सन्दर्भमा प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमालीसंचार संवाददाता
६९१ पटक

खोटाङ-नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य एवं युवा नेता रविप्रकाश राईको नेतृत्वमा भुतपुर्व गोर्खा सैनिकका समस्या सम्बोधन साथै विभिन्न विकास निर्माणको सन्दर्भमा खोटाङ काङ्ग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

खोटाङ काङ्ग्रेसले सन १९९७ जुलाई १ अघि सेवा निवृत्त भएका गोर्खा सैनिकहरुले सोही जिम्मेवारीबाट निवृत्त भएका ब्रिटिस नागरिक सरह सेवा सुविधाबाट वञ्चित रहि आएको मुद्धा उठान गर्दै बेलायतमा तीन गोर्खा भेटेरनहरुको आमरण अनसन पश्चात उच्चस्तरीय कुटनीतिक वार्ता समिति गठन गरी वेलायत सरकार वार्ताको लागि तयार रहेको परिस्थितिमा नेपाल सरकारले तत्काल कुटनैतिक ढंगले गोर्खाहरुको समस्या सम्बोधन गराउन ध्यानाकर्षण गराएको थियो।

खोटाङ काङ्ग्रेसको तर्फबाट बोल्दै नेता रविप्रकाशले, सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा सन् १९९७ मा नेपालको प्रधानमन्त्री रहेकै वखत वेलायती प्रधानमन्त्री श्री जोन मेजरको निमन्त्रणामा औपचारिक राजकीय भ्रमणका क्रममा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले गोर्खालीहरुको समस्या सम्बोधनका लागि स्वीकृतपत्र पठाएको गोखालीहरुको जीवनको ऐतिहासिक घटनालाई स्मरण गराउदै, गोर्खाहरुको समस्या सम्बोधन गराउदै ईतिहासलाइ पुनरावृत्त गराउन ध्यानाकर्षण गराए।

साथै पुर्वी पहाडमा अवस्थित खोटाङ जिल्ला विकास निर्माणको सन्दर्भमा पिछडिएको जिल्ला भएको हुनाले उच्च प्राथमिकताका साथ खोटाङको पुर्वाधार विकासलाई प्राथमिकतामा राख्न खोटाङ काङ्ग्रेसले सम्माननिय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। खोटाङ काङ्ग्रेसले जिल्लाका लागि अति आवश्यक पक्की पुल निर्माण, जिल्लाको विभिन्न भेग जोड्ने सडक निर्माण एवं महत्वपूर्ण सिंचाई कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराएको छ।

ध्यानाकर्षण कार्यक्रममा खोटाङ काङ्ग्रेसको तर्फबाट महासमिती सदस्य रविप्रकाश राई, महासमिती सदस्य कमला राई, जिल्ला सह-सचिव प्रेमकुमार राई, क्षेत्रिय सभापति तिर्थराज भट्टराई तरुण दल पुर्व जिल्ला अध्यक्ष एवं जिल्ला सदस्य राजेन्द्र राई,,तरुण दल उपसभापति काजिमान राई, सूचना ,सञ्चार तथा प्रचार विभाग केन्द्रिय सदस्य बिकल राई सहित खोटाङ काङ्ग्रेसका सकृय नेताकार्यकर्ताको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...