News Portal

  • भुतपुर्व गोर्खा सनिक साथै खोटाङ विकास निर्माणको सन्दर्भमा प्रधानमन्त्रीको ध्यानाकर्षण

    हिमालीसंचार संवाददाता
    ५९० पटक

    खोटाङ-नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य एवं युवा नेता रविप्रकाश राईको नेतृत्वमा भुतपुर्व गोर्खा सैनिकका समस्या सम्बोधन साथै विभिन्न विकास निर्माणको सन्दर्भमा खोटाङ काङ्ग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

    खोटाङ काङ्ग्रेसले सन १९९७ जुलाई १ अघि सेवा निवृत्त भएका गोर्खा सैनिकहरुले सोही जिम्मेवारीबाट निवृत्त भएका ब्रिटिस नागरिक सरह सेवा सुविधाबाट वञ्चित रहि आएको मुद्धा उठान गर्दै बेलायतमा तीन गोर्खा भेटेरनहरुको आमरण अनसन पश्चात उच्चस्तरीय कुटनीतिक वार्ता समिति गठन गरी वेलायत सरकार वार्ताको लागि तयार रहेको परिस्थितिमा नेपाल सरकारले तत्काल कुटनैतिक ढंगले गोर्खाहरुको समस्या सम्बोधन गराउन ध्यानाकर्षण गराएको थियो।

    खोटाङ काङ्ग्रेसको तर्फबाट बोल्दै नेता रविप्रकाशले, सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा सन् १९९७ मा नेपालको प्रधानमन्त्री रहेकै वखत वेलायती प्रधानमन्त्री श्री जोन मेजरको निमन्त्रणामा औपचारिक राजकीय भ्रमणका क्रममा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले गोर्खालीहरुको समस्या सम्बोधनका लागि स्वीकृतपत्र पठाएको गोखालीहरुको जीवनको ऐतिहासिक घटनालाई स्मरण गराउदै, गोर्खाहरुको समस्या सम्बोधन गराउदै ईतिहासलाइ पुनरावृत्त गराउन ध्यानाकर्षण गराए।

    साथै पुर्वी पहाडमा अवस्थित खोटाङ जिल्ला विकास निर्माणको सन्दर्भमा पिछडिएको जिल्ला भएको हुनाले उच्च प्राथमिकताका साथ खोटाङको पुर्वाधार विकासलाई प्राथमिकतामा राख्न खोटाङ काङ्ग्रेसले सम्माननिय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। खोटाङ काङ्ग्रेसले जिल्लाका लागि अति आवश्यक पक्की पुल निर्माण, जिल्लाको विभिन्न भेग जोड्ने सडक निर्माण एवं महत्वपूर्ण सिंचाई कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराएको छ।

    ध्यानाकर्षण कार्यक्रममा खोटाङ काङ्ग्रेसको तर्फबाट महासमिती सदस्य रविप्रकाश राई, महासमिती सदस्य कमला राई, जिल्ला सह-सचिव प्रेमकुमार राई, क्षेत्रिय सभापति तिर्थराज भट्टराई तरुण दल पुर्व जिल्ला अध्यक्ष एवं जिल्ला सदस्य राजेन्द्र राई,,तरुण दल उपसभापति काजिमान राई, सूचना ,सञ्चार तथा प्रचार विभाग केन्द्रिय सदस्य बिकल राई सहित खोटाङ काङ्ग्रेसका सकृय नेताकार्यकर्ताको उपस्थिती रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...