News Portal

  • गण्डकी प्रदेशमा एमालेको छायाँ सरकार, छायाँ मुख्यमन्त्री रेग्मी

    हिमालीसंचार संवाददाता
    ३८१ पटक

    पोखरा – गण्डकी प्रदेशसभाको प्रमुख विपक्षी दल नेकपा एमालेले छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलले गत शुक्रबार बसेको बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो ।

    गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय रहेका छन् । ती सरकारका काम कारवाहीलाई निगरानी र खबरदारी गर्न प्रतिपक्षी दल नेकपा एमाले छायाँ सरकार गठन गरेको सांसद राजीव पहारीले जानकारी दिए । छायाँ सरकारको युवा, खेलकुद तथा स्वास्थ्य समूह सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

    सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने गरी समूह गठन गरिएको हो । उक्त समूहमा मायानाथ अधिकारी र मीना गुरुङ सदस्यका रुपमा भूमिका निर्वाह गर्ने पहारीले जानकारी दिए ।

    पहारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको जिम्मा पूर्वमन्त्री रामशरण बस्नेत छन् । उक्त समूहमा रोशन गाहा मगर र प्रभा कोइराला सदस्य ररेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण समूहको नेतृत्व पूर्वमन्त्री विकास लम्सालले गर्ने भएका छन् । उनको समूहमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य छन् ।

    त्यस्तै, सामाजिक विकास समूहको जिम्मा पूर्वमन्त्री नरदेवी पुनमगरले सम्हाल्ने छिन् । उनको समूहमा सांसद जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य छन् । सांसद चन्द्रमोहन गौचनको संयोजकत्वमा बनेको कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहमा पुष्पा केसी भण्डारी सदस्य छिन् ।

    अर्थ समूहको संयोजकमा इन्द्रलाल सापकोटा रहेका छन् । अर्थ समूहमा सांसद कृष्णबहादुर थापा सदस्य छन् । भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ छिन् । उनको समूहमा सांसद मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य छन् ।

    सांसद मीनप्रसाद गुरुङको नेतृत्वमा बनेको ऊर्जा, खानेपानी समूह गठन भएको छ । उक्त समूहका सदस्यमा सांसद धनञ्जय दवाडी छन् । पहारी नेतृत्वको युवा, खेलकुद तथा स्वास्थ्य समूहमा सदस्य जुनादेवी नेपाली र सावित्रा रानामगर छन् । पहारीले नयाँ सरकार गठन भएको लामो समयसम्म प्रभावकारी रुपमा काम गर्न नसकेकोले छायाँ सरकार गठन गर्नु परेको बताए ।

    ‘डेढ महिनासम्म जनताले अनुभूत गर्न पाउने गरी यो सरकारले काम गर्न सकेन । विकासका योजनाहरु अवरोध गर्ने काम भएको छ,’ उनले भने, ‘अघिल्लो पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले तीव्र रुपमा गरिरहेको कामलाई रोक्ने काम भएको छ । त्यसैको रुपमा छायाँ सरकार आएको हो ।’

    सांसद पहारीले विकास निर्माणका कामलाई महत्व दिन छाडेर कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले खुद्रे बजेटमात्रै बाँड्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा १ लाख, २ लाख रकम बाँड्ने र बजेट सक्काउनेमात्रै काम भएको छ । छायाँ सरकारले त्यसमा निगरानी राख्दै जनतालाई सुसूचित गर्ने बताएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...