News Portal

न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्डले मानेनन् – प्रम देउवा

हिमालीसंचार संवाददाता
५२४ पटक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् ।

प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाको भनाइ छ। नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएका थिए । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’, निधिको प्रश्न थियो ।

जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’ निधिले भने पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा जोड दिए ।

भेलामा काँग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित थिए । उनले पनि चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने बताए । तर देउवा भने यसबाट पन्छिने प्रयास गरे । स्रोतका अनुसार, निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए ।

प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुमोदनको पक्षमा थिए । मंगलबार संसद्मा बोल्दै ओलीले एमसीसीबारे पनि सरकारलाई प्रश्न गरेका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...