News Portal

भारत र चीनलाई ठीक पार्नका लागि एमसीसी आवश्यक छ: ‘दीपक मनाङे’

हिमालीसंचार संवाददाता
७८४ पटक

“तराईको जग्गा भारतले खाइसक्यो भने पहाडको जग्गा चीनले खाइसक्यो।” छिमेकीसंग लड्न हामीसँग न त हतियार छ? न त आर्थिक हैसियत। त्यसैले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो। त्यसैले हामीले एससीसीको विरोध हैन, नमस्कार गरेर स्वागत गर्नुपर्छ।”  उक्त भनाइ हो; गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ। उनी गत साता काठमाडौं स्थित ठमेलमा आफ्ना कार्यकर्तासँग भेटिएका थिए।

प्रदेश सरकारका मन्त्री मनाङेले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग नेपाल सरकारले गरेको एमसीसी सम्झौतालाई चीन र भारत दुवैलाई ठीक पार्ने हतियारको रुपमा व्याख्या गरेका छन् । 

मन्त्री दिपकका अनुसार ‘तराईको उर्वर भूमि भारतले खाइसक्यो। पहाडको भूमिलाई चीनले विभिन्न बहानामा मिच्न थालेको छ। उनीहरुसँग हामी लड्नसक्ने कुरै भएन’, प्रदेश मन्त्री मनाङेले भने, ‘हामीले त अब शक्ति राष्ट्रको मद्दत लिने हो। एमसीसीको विरोध गर्ने होइन, एमसीसीलाई बोलाएर राख्नुपर्छ।’

‘नेपालीले एमसीसी चाहिदैन भन्नु भनेको भारत र चीनलाई हाम्रो भूमि आफैँ खाऊ भन्नु हो। हामीले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो’, मन्त्री मनाङे्ले भने, ‘एसीसी ल्याउन हुँदैन भन्ने नेताहरु भारत–चीनकै प्लानमा चलेका छन्।’ एमसीसीबारे अध्ययन नै नगरी नेताहरुले कार्यकर्तालाई उचालेर विरोध गरेको उनले बताए। उनले एमसीसीको विरोध गर्नेहरुले भारत तथा चीनबाट लाभ लिएको समेत मन्त्री मनाङे्को आरोप छ।

मन्त्री मनाङ्गेका अनुसार; हेर्नुस्! अहिले जसले एससीसीको चर्को विरोध गर्दैआएका छन् उनीहरुले पहिला एमसीसी ल्याउन दिने भनेर टन्न पैसा खाए। अहिले उनीहरु नै एमसीसी चाहिँदैन भनेर उफ्रिएका छन्।’ 

नेपालजस्तो अविकसित मुलुकमा कोही पनि धनी देशले विकास गर्न आउँछु भन्नुलाई गलत भन्न नमिल्ने उनले बताए। ‘हामीले आफ्नो देशको राष्ट्रिय सुरक्षा नीति बलियो बनाउनुपर्या। त्यहीअनुसार लागू गर्नुपर्या। सम्झौता गर्दा हेर्दै नहेरी सही गर्नु भएन।

हामीले देशको हित र राष्ट्रिय सुरक्षालाई दखल पर्ने खालका सर्तहरुबारे पहिले नै विचार गर्नुपर्या। कुरा बुझ्नु छैन, खाली विरोध मात्र गर्या छ’, मन्त्री मनाङे्ले भनेका छन् । 

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...