News Portal

भारत र चीनलाई ठीक पार्नका लागि एमसीसी आवश्यक छ: ‘दीपक मनाङे’

हिमालीसंचार संवाददाता
७४८ पटक

“तराईको जग्गा भारतले खाइसक्यो भने पहाडको जग्गा चीनले खाइसक्यो।” छिमेकीसंग लड्न हामीसँग न त हतियार छ? न त आर्थिक हैसियत। त्यसैले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो। त्यसैले हामीले एससीसीको विरोध हैन, नमस्कार गरेर स्वागत गर्नुपर्छ।”  उक्त भनाइ हो; गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ। उनी गत साता काठमाडौं स्थित ठमेलमा आफ्ना कार्यकर्तासँग भेटिएका थिए।

प्रदेश सरकारका मन्त्री मनाङेले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग नेपाल सरकारले गरेको एमसीसी सम्झौतालाई चीन र भारत दुवैलाई ठीक पार्ने हतियारको रुपमा व्याख्या गरेका छन् । 

मन्त्री दिपकका अनुसार ‘तराईको उर्वर भूमि भारतले खाइसक्यो। पहाडको भूमिलाई चीनले विभिन्न बहानामा मिच्न थालेको छ। उनीहरुसँग हामी लड्नसक्ने कुरै भएन’, प्रदेश मन्त्री मनाङेले भने, ‘हामीले त अब शक्ति राष्ट्रको मद्दत लिने हो। एमसीसीको विरोध गर्ने होइन, एमसीसीलाई बोलाएर राख्नुपर्छ।’

‘नेपालीले एमसीसी चाहिदैन भन्नु भनेको भारत र चीनलाई हाम्रो भूमि आफैँ खाऊ भन्नु हो। हामीले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो’, मन्त्री मनाङे्ले भने, ‘एसीसी ल्याउन हुँदैन भन्ने नेताहरु भारत–चीनकै प्लानमा चलेका छन्।’ एमसीसीबारे अध्ययन नै नगरी नेताहरुले कार्यकर्तालाई उचालेर विरोध गरेको उनले बताए। उनले एमसीसीको विरोध गर्नेहरुले भारत तथा चीनबाट लाभ लिएको समेत मन्त्री मनाङे्को आरोप छ।

मन्त्री मनाङ्गेका अनुसार; हेर्नुस्! अहिले जसले एससीसीको चर्को विरोध गर्दैआएका छन् उनीहरुले पहिला एमसीसी ल्याउन दिने भनेर टन्न पैसा खाए। अहिले उनीहरु नै एमसीसी चाहिँदैन भनेर उफ्रिएका छन्।’ 

नेपालजस्तो अविकसित मुलुकमा कोही पनि धनी देशले विकास गर्न आउँछु भन्नुलाई गलत भन्न नमिल्ने उनले बताए। ‘हामीले आफ्नो देशको राष्ट्रिय सुरक्षा नीति बलियो बनाउनुपर्या। त्यहीअनुसार लागू गर्नुपर्या। सम्झौता गर्दा हेर्दै नहेरी सही गर्नु भएन।

हामीले देशको हित र राष्ट्रिय सुरक्षालाई दखल पर्ने खालका सर्तहरुबारे पहिले नै विचार गर्नुपर्या। कुरा बुझ्नु छैन, खाली विरोध मात्र गर्या छ’, मन्त्री मनाङे्ले भनेका छन् । 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...