News Portal

  • प्रधानमन्त्री देउवाले किन ‘कुर्सी छाडेर’ सोफामा बसे?

    हिमालीसंचार संवाददाता
    १०४० पटक

    काठमाडौं – शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्दै थियो । बैठकमा सहभागी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समेत सहभागी थिए ।

    देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक गठबन्धनको बैठक बसेको थियो। उक्त सत्तारुढ गठबन्धनको बैठकमा एउटा फरक दृश्य देखियो । दुई जना पूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना पूर्वउपप्रधानमन्त्री (यादव र केसी) सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको थिए । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेका थिए ।​ बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका थिए भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव रहेका थिए।

    गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी (तत्कालीन नेकपा) का आफू समान नेताहरूको अस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको देखिन्छ ।

    ​ओलीले तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपालले आफूहरूको अपमान हुने हर्कत देखाएको गुनासो गरेको सुनिन्थ्यो । नेकपामा ओलीले आफू बस्ने ठाउँबाट प्रचण्डको कुर्सी हटाइदिएको विषयले निकै चर्चा पाएको थियो ।

    तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै ओलीले आफ्नो अपमान गर्न सचिवालय सदस्य बस्ने कित्तातिर कुर्सी सारिदिएको बताएका थिए । माधव नेपालले एमाले हुँदै नेकपाबाट फेरि एमालेमा फर्किदा पनि ओलीले आफ्नो मान राख्न नसकेको गुनासो गरेको पाइन्थ्यो ।

    यो कुरालाई नजिकबाट नियालेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको कुर्सी छोडेर सम्मान भाव सन्देश दिन खोजेको देखिन्छ । संसदमा एक तिहाइ पनि सांसदको उपस्थिति नभएको अवस्थामा प्रचण्ड, माधव, उपेन्द्र र चित्रबहादुरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका थिए । उनीहरूको साथ र सहयोग बिना सरकार टिक्ने अवस्था नभएकाले पनि देउवाले समानको व्यवहार देखाएको बुझ्न गाह्रो छैन ।

    देउवाले दिन खोजेको सन्देशबारे काँग्रेसका एक जना पदाधिकारीले भने,’केपी ओलीजीले आफू सम्मानका प्रचण्डजी र माधवजीको मान राख्न नसक्दा दुई तिहाइको सरकार सकियो । यो कुरा प्रधानमन्त्रीज्यूले राम्रोसँग बुझ्नु भएको छ । काँग्रेसले राम्रोसँग बुझेको छ ।’

    कसैको अपमान गरेर आनन्द दिने स्वभाव प्रधानमन्त्री देउवाका नरहेको उनको भनाइ छ । ‘बेलाबेला झोक्किएपनि पार्टीभित्र र बाहिर कसैको अपमान गरेर आनन्द लिने उहाँको स्वभाव होइन । सबैको सम्मान राख्ने र समन्वयकारी स्वभावको मान्छे हो,’ उनले देउवाको स्वभाव सुनाउदै भने । गठबन्धनको शीर्ष नेतासँगै सोफामा बसेर प्रधानमन्त्री देउवाले महत्त्वपूर्ण सन्देश दिएको उनको भनाइ छ।

    उनले भने,’गठबन्धनलाई सुदृढ र दिगो बनाउन प्रधानमन्त्रीज्यूले महत्त्वपूर्ण सन्देश दिनुभयो । यो सन्देश सरकार सञ्चालनमा पनि देखाउनु जरुरी छ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...