News Portal

सरकारी निवास बालुवाटारमा पार्टीकाे कार्यक्रम नगर्ने प्रधानमन्त्री

हिमालीसंचार संवाददाता
३५९ पटक

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक राखेपछि देउवाको आलोचना भएको थियो ।

‘सामाजिक सञ्जालमा आएका सुझावअनुसार प्रधानमन्त्रीले पार्टीको औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय लिनुभएको छ,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने ।
देउवाले शुक्रबार नै पार्टी पदाधिकारी बैठक डाकेका छन् । पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर अनशन र धर्ना जारी रहेकाले बैठक सभापतिको निजी निवास बूढानीलकण्ठमा हुने भएको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि देउवाले बैठक बोलाएका हुन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यतालाई लिएर जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको भीड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।

प्रदेश २ का धनुषा, बारा र सर्लाहीमा संस्थापन पक्षले सदस्यता वितरणमा अनियमितता भएको भन्दै चर्को विरोध हुँदै आएको छ । धनुषाका चन्द्रमणि यादव, राम पल्टन साह र दिनेश नायक पाँच दिनदेखि पार्टी कार्यालयको मूल ढोकामा आमरण अनशन बसेका छन् । सर्लाहीका ७१ वर्षीय राम गोविन्द राय बुधबारदेखि आमरण अनशनमा छन् । यसै विषयलाई लिएर सांसद अमरेश सिंहले बुधबार सभापति देउवालाई भेटेरै सांसद पदबाट राजीनामा दिएको पत्र थमाएका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...