News Portal

माधव नेपाल समूहको भेला बस्दै

हिमालीसंचार संवाददाता
३६९ पटक

काठमाडौं।
नेकपा एमालेको माधव नेपाल समूहको भेला आज बस्ने भएको छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदको भेला नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिए।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। यसैबीच अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको ती नेताले बताए।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यद्यपी अहिलेसम्म आफूहरूलाई उक्त विषयमा पत्र नआएको ती नेताले दाबी गरे।

‘हामीले अहिलेसम्म पत्र पाएका छैनौं, कारबाही र स्पष्टिकरणबारे थाहा छैन’, ती नेताले भने। एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था  कुनै पनि स्पष्टिकरण र कारबाहीबारे अर्थ नहुने ती नेताले बताए।

‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ। त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन’, उनले भने। आज बिहान नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका छन्।

प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए। स्रोतका अनुसार प्रचण्डले आधा घण्टाभन्दा बढी नेपालसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत पाएसँगै सरकारमा विभिन्न दलको सहभागिता, मन्त्रालय बाँडफाँडलगायत विषय चर्चामा छ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...