News Portal

माधव नेपाल समूहको भेला बस्दै

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाडौं।
नेकपा एमालेको माधव नेपाल समूहको भेला आज बस्ने भएको छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदको भेला नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिए।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। यसैबीच अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको ती नेताले बताए।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यद्यपी अहिलेसम्म आफूहरूलाई उक्त विषयमा पत्र नआएको ती नेताले दाबी गरे।

‘हामीले अहिलेसम्म पत्र पाएका छैनौं, कारबाही र स्पष्टिकरणबारे थाहा छैन’, ती नेताले भने। एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था  कुनै पनि स्पष्टिकरण र कारबाहीबारे अर्थ नहुने ती नेताले बताए।

‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ। त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन’, उनले भने। आज बिहान नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका छन्।

प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए। स्रोतका अनुसार प्रचण्डले आधा घण्टाभन्दा बढी नेपालसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत पाएसँगै सरकारमा विभिन्न दलको सहभागिता, मन्त्रालय बाँडफाँडलगायत विषय चर्चामा छ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...