News Portal

शेरबहादुर देउवा विश्वासको मत: पक्षमा १६५ भोट, ओली पक्षीय सांसदद्वारा पनि ‘पार्टी निर्णय अवज्ञा’

हिमालीसंचार संवाददाता
५५५ पटक

काठमाण्डौ – संधीय सासंदका दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले आज साझ प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको पहिलो बैठकमै आइतवार देउवालाई विपक्षी नेकपा एमालेकै कतिपय सांसदहरूले समेत मत दिए। विश्वासको मत दिने एमाले सांसदहरूमा माधवकुमार नेपाल र उनी पक्षका छन्। एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको थियो।

तर अध्यक्ष केपी शर्मा ओली निकट भनेर चिनिएका केही सांसदहरूले पनि नेपालसँगै देउवालाई विश्वासको मत दिएका छन्। ओली सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि देउवा सरकारलाई मत दिएको छ।

सरकारको पक्षमा १६५ मत परेको परिणाम सुनाउँदै सभामुख अग्नि सापकोटाले भने, “त्यो प्रतिनिधि सभाको तत्काल कायम रहेको संख्याको बहुमत भएकोले सम्माननीय प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु।”

देउवालाई समर्थन गर्नेमा उनकै पार्टी कांग्रेस, सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका साथै सरकारमा सहभागी नभएको जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरु पनि छन्।

अन्तिमसम्म नेपाल पक्षको निर्णय अन्यौल

सरकारलाई विश्वासको मत दिनेमा सत्ताधारी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पहिले नै निर्णय गरिसकेका थिए। तर अन्तिम समयसम्म पनि एमालेको नेपाल पक्षका सांसदहरूको निर्णयबारे अन्योल थियो।

नेपाल पक्षकै कतिपय नेताहरूले विश्वासको मत दिन नहुने पक्षमा मत राखेपछि उक्त समूहको निर्णयमा देउवा सरकारको भविष्य निर्भर रहेको ठानिएको थियो। तर नेपाल पक्षमा त्यसबारेको छलफल चलिनैरहेका बेला जसपाको ठाकुर पक्षले पनि मत दिने निर्णय गरेपछि सरकारको पक्षमा विश्वासको मत पुग्ने निश्चित भएको देखिएको थियो। तर नेपाल पक्षका केही सांसदहरू मतदानमा सहभागी भएनन्।

जसपा ठाकुर-यादव दुवै पक्षको विश्वसको मत देउवालाई: देउवाको पक्षमा रिट निवेदनमा जसपाका यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका थिए। तर विश्वासको मतबारे छलफल चलिरहँदा उक्त पक्षमा त्यो संख्या बढेको खबर आएको थियो।

यसअघि महन्थ ठाकुर पक्ष केपी ओलीको सरकारलाई साथ दिँदै सरकारमा सहभागी भएको थियो। देउवाले नेता ठाकुरलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेपछि ठाकुर पक्षले मत दिने निर्णय लिएको हो। विश्वासको मत सम्बन्धमा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेनन्।

मतदान प्रक्रियाका सुरु हुने बेलामा ओली संसद् भवन प्रवेश गरेका थिए। उनको दलबाट नेता प्रदीप ज्ञवालीले धारणा राखेका थिए।ओलीले सम्बोधन नगरेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्रीले संसद्मा मत मागेपछि बोल्ने अन्य नेताहरूमा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल, राजपा-नेपालका महन्थ ठाकुर र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङ्देन, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...