News Portal

प्रचण्ड र विप्लवबीच भेटवार्ता, पूर्वमाओवादी घटक एकताको विषयमा छलफल

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लवसँगै नेकपा माओवादीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला सहित अन्य केही सहयोगीका साथ बुधबार खुमलटार पुगेका हुन् । प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको स्रोतको दाबी छ । प्रचण्ड निकट स्रोतका अनुसार कम्युनिस्ट ध्रुविकृत गर्ने विषयमा प्रचण्ड र विप्लवबीच कुराकानी भएको हो । 

केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएका हुन् । तर, ओलीले सम्झौता कार्यान्वयन नगरेको भन्दै विप्लवले आपत्ति जनाउँदै आएका छन् ।

ओलीसँग विप्लव समूहले आफ्ना नेता कार्यकर्तामा लागेको मुद्दा फिर्ता र बन्दी रिहाइलगायत तीन बुँदे माग राखेको थियो । सोही अनुसार तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रचण्ड र विप्लवबीचको भेटमा नेता बाँस्तोलासँगै डिबी बराल, पूर्वमाओवादी बाल सैन्य संगठनका अध्यक्ष लेलिन विष्टलगायत खुमलटार पुगेका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...