News Portal

धरानमा सर्वोच्च अदालतको फैसलाको स्वागत स्वरुप दिप प्रज्वलन

हिमालीसंचार संवाददाता
४७७ पटक

धरान – सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेपाली कांग्रेस धरानले पनि दिप प्रज्वलन गरेको छ । सोमबार साँझ धरान-१८ स्थित कांग्रेसको पार्टी कार्यालय अगाडी संसद पुनः स्थापना भएको खुशियालीमा नेपाली कांग्रेस धरान नगर समितिले सर्वोच्चलाई धन्यवाद दिदै दिप प्रज्वलन गरेको हो ।

प्रदेश १ प्रदेशसभाका सांसद चन्द्र प्रसाद श्रेष्ठ, श्रेत्रिय सभापति सुरेशमान श्रेष्ठ, कांग्रेस नगर सभापति धरानका मेयर तिलक राई लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुले दिप प्रज्वलन कार्यक्रममा उपस्थित भएका थिए । कांग्रेसले वुद्ध चौकमा २ सय भन्दा बढी मैनबत्ति बालेका थिए । 

दिप प्रज्वलन कार्यक्रममा सर्वोच्चलाई धन्यवाद दिदै नारा समेत लगाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै दिएको रिट निवेदनमा संवैधानिक इजलाशको पक्षमा फैसला गरेको थियो । 

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै पुनस्थापना गर्ने फैसला गरेको हो भने देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको थियो। यस्तै, नेकपा माओवादी केन्द्र र संघिय समाजवादी पार्टीले पनि संयुक्त रुपमा भानुचौकमा दिप प्रज्वलन गरेका थिए ।

यस्तै, महेन्द्र बहुमुखी क्याम्पसको गेट अगाडी धरानका पाँच वटा विद्यार्थी संगठनहरुले पनी संयुक्त रुपमा सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन गरेको छ । नेवि संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन र अखिल छैटौका विद्यार्थीहरुले दिप प्रज्वलन गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...