News Portal

ओली हट्दै, देउवा बन्दै प्रधानमन्त्री !

हिमालीसंचार संवाददाता
२७९ पटक

काठमाडौँ।
आज (असार २९) बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्। सर्वाेच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्।

राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार आज साँझ ५ बजे देउवालाई प्रधानमन्त्री पदको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ। सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई आज (मंगलबार) साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति दिन परमादेश जारी गरेको हो।

देउवा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका हुन्। यसअघि उनले मुलुकको सत्ता चारपटक नेतृत्व गरिसकेका छन्। देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्।

गत जेठमा संविधानको धारा ७६ (५) बमोजिम बहुमत १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गरे पनि राष्ट्रपति भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि १५३ सांसद आफ्नो समर्थनमा रहेको दाबी आएको भन्दै देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन अस्वीकार गरेकी थिइन् भने लगत्तै मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

त्यसविरुद्ध देउवाको नेतृत्वमा १४६ सांसदले हालेको मुद्दामा सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै प्रतिनिधि सभा पुनःस्थापना गर्नाका साथै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो। अदालतको परमादेशसँगै अब ओली हट्ने र देउवा प्रधानमन्त्री हुने भएका हुन्।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...