काठमाण्डौ – सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ।
नेपाली कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आज सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्न हो।
देउवाका स्वकीय सचिव भानु देउवाले ५ बजे गठबन्धनको बैठक बस्न लागेको जानकारी दिए । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार ‘५ बजे पूर्वप्रधानमन्त्री तथा गठबन्धनका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ,’ उनले भने
नेपाल निवासमा गठबन्धनको बैठक बस्ने भएको हिमालीसंचार डटकमसंग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन्।