News Portal

हङकङमा थुलुङ राई सामाद्वारा भाषिक भेटघाट तथा बधाई-शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
४२७ पटक

युवा राई/हङकङ – हङकङमा संगठीत “थुलुङ राई सामा” द्वारा भाषिक भेटधाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। आयोजित कार्यक्रमको अध्यक्षता थुलुङ राई सामाको अध्यक्ष राम ली राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

आयोजित कार्यक्रममा आमन्त्रित अतिथि किरात राई यायोक्खा हङकङका निवर्तमान अध्यक्ष- हरिचन्द्र राई, निवर्तमान प्रमुख सल्लाहकार रजिन राई, संरक्षक परिषद प्रमुख तथा कुलपति- शशीमदन राई, संरक्षक सदस्य- हेजेन राई, सल्लाहकार तथा सुप्तुलुङखीम निर्माण, मर्मत तथा संभार विभागका संयोजक- धिराज कुमार राई, सल्लाहकार- बसन्त कुमारी राई र भाषिक संस्थाका अध्यक्ष साथै प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। 

थुलुङ राई सामाद्वारा आयोजित बधाई तथा शुभकामना आदन प्रदान कार्यक्रममा किरात राई यायोक्खा हङकङको नवनिर्वाचित अध्यक्ष चन्द्रका (माया) राई, दिनेश कुमार राई र भीम प्रसाद राईलाई विशेष सम्मान स्वरुप बधाई-पत्र साथै दोसल्ला ओढाई थुलुङ सामाको विशिष्ट व्यक्तित्वद्वारा सम्मान गरिएको थियो। 

आयोजित कार्यक्रममा सुमन थुलुङ राईले स्वागत मन्तव्य राख्दै आफ्नो धारणा राखेका थिए। थुलुङ राई सामा हङकङलाई सहयोग गर्नु हुने सहयोगी मानुभावहरुलाई अध्यक्ष राम ली राईले शीर उभ्याउनी स्वरुप सम्मान गरिएको थियो। हङकङ स्थित हिमालीसंचार डटकमका संबादाता युवा राईलाई समेत सम्मान सहित हङकङ डलर ५,००/- प्रदान गरिएको थियो। 

कोरोना भाइरसका कारण अल्पआयुमा दुखद निधन भएका चर्चित युवा गायक स्व. जनम राईको व्यक्तिगत जानकारी सहित उनको सम्झनामा १ मिनेट मौन धारण गरी स्व. राई प्रति विशेष सम्मान व्यक्त गरिएको थियो।

थुलुङ राई सामा हङकङले स्व. गायक जनम थुलुङको आवाजमा रहेको “खुवालुङ खुल खुल…” शब्द रचना खुक्साङ खम्बुको लेखनमा रहेको “खुवालुङ” गीतको म्यूजिक भिडियो निर्माण बारे अध्यक्ष राईद्वारा जानकारी गराउँदै आयोजित औपचारिक कार्यक्रमको समापन गरिएको थियो। थुलुङ राई सामाद्वारा आयोजित कार्यक्रम बगैचा रेष्टुरेन्ट हङकङमा सम्पन्न भएको कार्यक्रम संचालन नवर्तमान किराया हङकङका महासचिव बज्रकुमार राई बडो सटिक रुपमा संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...