News Portal

  • हङकङमा थुलुङ राई सामाद्वारा भाषिक भेटघाट तथा बधाई-शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    ३६६ पटक

    युवा राई/हङकङ – हङकङमा संगठीत “थुलुङ राई सामा” द्वारा भाषिक भेटधाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। आयोजित कार्यक्रमको अध्यक्षता थुलुङ राई सामाको अध्यक्ष राम ली राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

    आयोजित कार्यक्रममा आमन्त्रित अतिथि किरात राई यायोक्खा हङकङका निवर्तमान अध्यक्ष- हरिचन्द्र राई, निवर्तमान प्रमुख सल्लाहकार रजिन राई, संरक्षक परिषद प्रमुख तथा कुलपति- शशीमदन राई, संरक्षक सदस्य- हेजेन राई, सल्लाहकार तथा सुप्तुलुङखीम निर्माण, मर्मत तथा संभार विभागका संयोजक- धिराज कुमार राई, सल्लाहकार- बसन्त कुमारी राई र भाषिक संस्थाका अध्यक्ष साथै प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। 

    थुलुङ राई सामाद्वारा आयोजित बधाई तथा शुभकामना आदन प्रदान कार्यक्रममा किरात राई यायोक्खा हङकङको नवनिर्वाचित अध्यक्ष चन्द्रका (माया) राई, दिनेश कुमार राई र भीम प्रसाद राईलाई विशेष सम्मान स्वरुप बधाई-पत्र साथै दोसल्ला ओढाई थुलुङ सामाको विशिष्ट व्यक्तित्वद्वारा सम्मान गरिएको थियो। 

    आयोजित कार्यक्रममा सुमन थुलुङ राईले स्वागत मन्तव्य राख्दै आफ्नो धारणा राखेका थिए। थुलुङ राई सामा हङकङलाई सहयोग गर्नु हुने सहयोगी मानुभावहरुलाई अध्यक्ष राम ली राईले शीर उभ्याउनी स्वरुप सम्मान गरिएको थियो। हङकङ स्थित हिमालीसंचार डटकमका संबादाता युवा राईलाई समेत सम्मान सहित हङकङ डलर ५,००/- प्रदान गरिएको थियो। 

    कोरोना भाइरसका कारण अल्पआयुमा दुखद निधन भएका चर्चित युवा गायक स्व. जनम राईको व्यक्तिगत जानकारी सहित उनको सम्झनामा १ मिनेट मौन धारण गरी स्व. राई प्रति विशेष सम्मान व्यक्त गरिएको थियो।

    थुलुङ राई सामा हङकङले स्व. गायक जनम थुलुङको आवाजमा रहेको “खुवालुङ खुल खुल…” शब्द रचना खुक्साङ खम्बुको लेखनमा रहेको “खुवालुङ” गीतको म्यूजिक भिडियो निर्माण बारे अध्यक्ष राईद्वारा जानकारी गराउँदै आयोजित औपचारिक कार्यक्रमको समापन गरिएको थियो। थुलुङ राई सामाद्वारा आयोजित कार्यक्रम बगैचा रेष्टुरेन्ट हङकङमा सम्पन्न भएको कार्यक्रम संचालन नवर्तमान किराया हङकङका महासचिव बज्रकुमार राई बडो सटिक रुपमा संचालन गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...