News Portal

नेकपा एमाले विवाद: बैठकमा नेपाल समूहका ११ बाहेक सबैलाई निम्ता

हिमालीसंचार संवाददाता
४३० पटक

काठमाडौं।
विवादको भुमरीमा परेको सत्तारूढ दलको विवादले फेरि उग्र रूप लिने देखिएको छ। नेकपा एमालेको अवैध घोषणा गरिएको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आजको लागि बोलाइएको छ। उक्त बैठकमा कारवाहीमा परेका माधव नेपाललगायत ११ जनाबाहेक सबैलाई आमन्त्रण गरिएको नेकपा एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

बुधबार बिहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री लगायत ११ जनालाई सहभागी हुन खबर नगरेको तामाङले जानकारी दिनुभयो। आज बस्ने बैठकले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने र पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली तयार हुनु भएकाले आजको बैठकमा नेपाल पक्षका ११ जना बाहेकका नेताहरूको समेत सहभागिता रहने एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए।

गएको फागुन २८ मा अध्यक्ष ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले उक्त निर्णयलाई खारेज गरिदिएको थियो। आज बिहान ११ बजेका लागि उक्त बैठक बोलाइएको छ। पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...