News Portal

कोरोना रोकथामको लागि नेपाली जन प्रगतिशिल मञ्च कुवेतद्वारा सहयोग

हिमालीसंचार संवाददाता
२९८ पटक

कुवेत।

नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० रूपैयाँ सहयोग पठाएको छ। मञ्चले सो रकम बराबर हुन आउने ३२५ केडि ५०० फिल्स मञ्चका सदस्यहरूसँग संकलन गरि पठाएको कुरा मञ्चका सचिब राजन श्रेष्ठले जानकारी दिएका हुन्।

मञ्चले सो रकम मञ्चमा आवद्ध २६ जना सदस्यहरू मार्फत संकलन गरि पठाएको हो। सहयोग बारे बोल्दै मञ्चका अध्यक्ष मनु भुजेल मगरले भने, नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीले विश्वव्यापी महामारी कोरोनाको दोश्रो लहर नेपालमा पनि फैलिएपछि पार्टी मातहत कोरोना रोकथाम तथा नियन्त्रण राहत कोष खडा गरिएको जानकारी गराउँदै सबै वैदेशिक भातृ संगठनहरूलाई राहत कोषमा सहयोग पठाउन उर्दी गरेको थियो।

त्यस लगत्तै नेपाली जन-प्रगतिशिल मञ्च कुवेतको बैठक बसी मञ्चमा आवद्ध पार्टीप्रति निष्ठावान कार्यकर्ताहरूलाइ स्वैच्छिक सहयोग गर्न अनुरोध गरिएको थियो। सोही क्रममा मञ्चमा आवद्ध प्रवासी श्रमिक दाजुभाइ दिदीबहिनीहरूमार्फत स्वेच्छिक रूपमा रकम संकलन गरि सहयोग पठाइएको हो।

अध्यक्ष भुजेलले थपे, हामी प्रवासीहरूहरूलाई राज्यले जतिसुकै उपेक्षा गरे पनि मुलुकलाई अप्ठेरो पर्दा सधैं नै प्रवासीहरूले सहयोग गरेको स्मरण गराउँदै मुलुकमा दैविक, प्राकृतिक विपत्ति पर्दा होस वा, कुनै पनि सेवामुलक कार्य शुरूवात हुँदा होस वा, राज्यले सहयोगको अपेक्षा गरेको कुनै पनि बेला किन नहोस प्रवासी नेपालीहरूले एक कदम अघि बढेर देश र जनताको लागि आफ्नो क्षेत्रबाट योगदान दिएको बताउँदै आफू नै आवद्ध पार्टीले महामारी रोकथामको लागि सहयोगको अपेक्षा गरेको बेलामा त पछि हट्ने कुरै भएन।

मानविय र सामाजिक सेवाका लागि स्वेच्छिक सहयोग गर्ने सदस्यहरू यसप्रकार रहेका छन्।

१. मनु मगर -२५ केडि
२.कुमार झापाली – २० केडि
३.अमृत तामाङ घिसिङ – २०.५ केडि
४.कोषराज राई- १५ केडि
५.राजन श्रेष्ठ- २० केडि
६.दामोदर बटाला – १० केडि
७.दिल कुमार पाख्रिन -६ केडि
८.सुजन केसि – २१ केडि
९.तिल सुब्बा – १० केडि
१०.बिकास सापकोटा – १० केडि
११.इलाज श्रेष्ठ – ५ केडि
१२. श्याम पराजुली – २५ केडि
१३. युवक राई – १० केडि
१४.केदार आले मगर – २० केडि
१५.आनन्द आचार्य – ११ केडि
१६.राजु धिमाल – १० केडि
१७.चन्द्र गोतामे निरन्जन – १० केडि
१८. माधब पौडेल असल यात्री – ११ केडि
१९.. वुद्धि गुरूङ – १० केडि
२०.कमल भण्डारी – १० केडि
२१. कमल कुमार राई – १० केडि
२२. मिलन तामाङ – ५ केडि
२३. नारायण श्रेष्ठ – ५ केडि
२४. ललिता थापा मगर – १० केडि
२५. प्रदिप लवागुन – ५ केडि
२६. सुर्य लामा – १० केडि

प्रतिकृया दिनुहोस्

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...