News Portal

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त !

हिमालीसंचार संवाददाता
४५५ पटक

गोविन्द सुवेदी,पोखरा।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पोखरेलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका थिए।

पोखरेलले दाबीसँगै आफूलाई समर्थन गरेका ३१ सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई प्रदेश प्रमुखकै सामुन्ने सनाखतसमेत गरेका थिए। तर, विश्वासको मत पाउन असफल मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रको सिको गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भन्दै दलको पत्रसहित पुनः आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न भन्दै उनले दाबी गरेका थिए। दुवैको दाबी नपुग्ने भन्दै केन्द्रको जस्तै गण्डकी प्रदेश सभा पनि प्रदेश प्रमुखले भंग गर्न सक्ने आशंकामा बहुमत सांसदहरूले प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...