News Portal

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

हिमालीसंचार संवाददाता
३६१ पटक

पोखरा।
जनमोर्चाका थापा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङको पनि दाबी
राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्।

गुरूङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन्। तर, जनता समाजवादीका सांसदहरूले भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन्। बाबुराम भट्टराई निकट ती सांसदहरूले आफूहरूले हिजै विपक्षीलाई साथ दिन भन्दै हस्ताक्षरसमेत गरिसकेको बताए।

यद्यपी, जनता समाजवादीको महन्त पक्षको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो। विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन्। पार्टीले आफूलाई गरेको कारबाही गैह्रकानुनी भएको भन्दै उनले मुख्यमन्त्रीमा गुरूङलाई समर्थन गर्ने बताएका हुन्।

गत २७ गते विश्वासको मत नपाएका गुरूङले अहिले फेरि दाबी गरेका हुन्। यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श-शरीर उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेका छन्।

गत जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन्। गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरे पनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...