News Portal

  • गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री मनाङेको बर्खास्त कि राजीनामा ?

    हिमालीसंचार संवाददाता
    ३९२ पटक

    पोखरा।
    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई पदबाट बर्खास्त गरेका छन्। बिहीबार मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन्। मनाङेले मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए। उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए। तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन्।

    मनाङे सम्पर्क विहिन भएपछि विभिन्न अपराधिक गतिविधिमा संलग्न हुँदै आएका ‘गुण्डा नाइके’गणेश लामा पोखराको लेकसाइडबाट पक्राउ परेका थिए। पछि मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको वरपिपल रिसोर्टमा फेला पारेको थियो। मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गरेका छन्। मन्त्रीबाट वर्खास्त भएको पत्र सार्वजनिक भए लगत्तै मनाङेको राजीनामा पत्र सार्वजनिक भएको छ।

    ‘गण्डकी प्रदेशमा विकसित भएका पछिल्ला राजनैतिक घटनाकमहरुले सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्ने स्थिति रहेको हुँदा जनताको विस्वासको थलो ससदलाई जिवित राख्न जनता प्रति उत्तरदायी जनप्रतिनिधीको नैतिक उत्तरदायित्व पनि हो। यस्तो परिस्थितिमा सरकारको मन्त्री पदमा रहिरहनु भन्दा प्रदेश सभालाई बचाउनु उपयुक्त हुन्छ भने मलाई लागेको छ।’पत्रमा उनले लेखेका छन्, ‘त्यसैले विपक्षी गठबन्धनमा सामेल भइ वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले मुख्यमन्त्रीले प्रदेश सभामा राख्नुभएको विश्वासको मत लिने प्रस्ताव निर्णयार्थ पेश भएको दिनमा अनुपस्थित भएको हुँ।’

    उनले मुख्यमन्त्री पदमुक्त समेत भइसकेकाले मन्त्रीको रुपमा काम गरिरहन नैतिक सम्मत नहुने हुँदा गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएको उल्लेख गरेका छन्। यद्यपी, मंनाङेले राजीनामा पहिले दिएपछि उनी वर्खास्त परेका हुन् या, मुख्यमन्त्रीले पदमुक्त गरेपछि राजीनामा दिएका हुन् खुल्न बाँकी रहेको छ। ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो। बैठकमा ५८ सांसद उपस्थित भएकामा एक जना तटस्थ बसे।

    मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै अब प्रदेश प्रमुखले संविधानको १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्नेछ। प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहितको दाबी पेस गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ। विश्वासको मतमाथि बिहीबार मतविभाजन हुँदा विपक्षमा पनि बहुमत पुगेको थिएन। तसर्थ बहुमतको दाबी अरू कुनै सांसदले पुर्‍याउन नसक्दा ६ महिनाभित्र सम्पन्न गर्ने गरी निर्वाचन घोषणासहित प्रदेशसभा भंग हुनेछ।

    प्रदेशसभामा एमालेबाट २७, कांग्रेसबाट १५, माओवादी केन्द्रबाट १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसद छन्। एक मात्र स्वतन्त्र सांसद दीपक मनाङे भने बिहीबार मतविभाजन हुँदा अनुपस्थित भए। उनले विपक्षी गठबन्धनलाई साथ दिने बताएका छन्। जनमोर्चाका तीनमध्ये दुई सांसदले बिहीबार विपक्षमा मतदान गरे। कृष्ण थापा तटस्थ रहे। मनाङेले साथ दिए भने कांग्रेस नेतृत्वमा सरकार गठन हुन सक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...