News Portal

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, कस्तो छ सम्भावना ?

हिमालीसंचार संवाददाता
८२० पटक

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। आइतबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएअनुसार भट्टले सोमबार नै विश्वासको मत लिन खोजेका थिए। तर कांग्रेसले असहमति जनाएपछि विश्वासको मत लिने कार्यक्रम आजका लागि सारिएको हो।

सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मत हाल्न ह्विप लगाउन संसदीय दललाई निर्देशन दिएको छ।

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन्। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ। सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद छन्।

त्यहाँ एमालेको नेपाल–खनाल समूह बलियो छ। नेपाल–खनाल समूहमा १५ सांसद छन् भने ओली समूहमा ९ सांसद मात्र देखिएका छन्। यस्तै, माओवादी केन्द्रका १४ सांसद रहेकामा अहिले ऊसँग १३ जना मात्रै छन्। माओवादी केन्द्रबाट विजयी अछामका झपडबहादुर बोहरा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमेको हो।

यस्तै, प्रदेश सभामा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन्। मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्छन्। माओवादी केन्द्रले आफ्ना पक्षमा २८ मत आउने दाबी गरेको छ।

‘एमालेको नेपाल–खनाल समूह सरकारमै भएकाले विश्वासको मत सजिलै प्राप्त गर्छाैं,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘एमालेका १५ सांसदले विश्वासको मत दिने अनुमान हामीले गरेका छौँ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता आह्वान गर्दै पार्टीलार्य २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेको अवस्थामा नेपाल समूह संस्थापन पक्षको निर्णय मान्न तयार भए मुख्यमन्त्री भट्टले विश्वासको मत नपाउने सम्भावना छ। तर यस्तो हुने सम्भावना न्यून रहेको नेपाल–खनाल समूहकै सांसद दाबी गर्छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...