News Portal

  • सिलाई पेशाबाटै आत्मनिर्भर दार्चुलाका महिला

    हिमाली संचार संवाददाता
    ६६४ पटक

    किरन धामी, दार्चुला – वर्षौ देखि चुलोचौको, घाँस दाउरामा सिमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसिबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौ वर्षदेखि घास दाउरा गर्दै जीवन जीउँदै आएका याहाका महिला सिलाई कटाई सम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका छन् ।

    कोट, पाइन्ट स्काप, स्वीटर, सिलाउने तथा बुन्ने प्रशिक्षण लिएर ग्रामीण भेगका महिलाहरु मासिक हजारौँ कमाउन सफल भएका छन् । सिलाइ सिकेर टेलर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाएर उनीहरुले मासिक बचत पनि गरिरहेका छन् । जिल्लाको नौगाड गाउपालिका– ३ की २१ वर्षीया पशुपति ठगुन्ना घरको दैनिक काम पनि सिध्याउँछिन् ।

    कक्षा ९ सम्म पढेकी उनी कपडा सिउने सीप सिकेर नौगाड गाउँपालिकाको खारमा रहेको श्री भुमिराज अल्लो प्रसोधन तथा साझा सुविधा केन्द्रमा अल्लोका कोट, पाइन्ट, विभिन्न किसिमका आकर्षक स्काप सिउने व्यवसाय सञ्चालन गरिरहेकी छिन् । लुगा सिलाएर उनले मासिक १० देखि १५ हजार सम्म आम्दानी गर्ने गरेका छन् । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाबाट गाउँमै सिलाइ कटाईको तालिम लिए पछि ठगुन्नाको दिन फेरिएको छ ।

    बिहान बेलुका घरको कामकाज गर्ने र बाँकी समय लुगा सिलाउन उनी व्यस्त रहन्छिन् । सीप सिकेर ‘सिलाई’ व्यवसाय सञ्चालन गरेपछि ठगुन्नालाई अरुको सहारामा बाँच्नु पर्ने बाध्यता हटेको छ । सीप सिके पछि अब केही गर्नुपर्छ भनेर उनको मनोबल पनि बढेर गएको छ ।

    उनी भन्छिन, “मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ । यता श्रीमानको कमाइले घर चलाउन धौधौ पर्न थालेपछि नौगाड गाउँपालिकाकै सिप्टी ६ की ४० वर्षीया कलावति ठगुन्नाले पनि अल्लो प्रसोधन गरी राडी, पाखी, स्काप, बुन्न थाले पछि उनको पनि दिन फेरिएको छ । ‘उनी अचेल घरायसी समस्या छिचोल्दै सिप सिकेर घरको नुन तेलको जोहो गर्न सकेकी छिन् ।’

    उनी भन्छिन,“सिप सिकेर भएको आम्दानीले घरखर्च तथा ४ जना छोरा छोरीलाई राम्रै शिक्षा दिइरहेकी छन् । सीप सिकेपछि आनन्द महसुस भएको उनको भनाई छ । वार्षिक रुपमा घरको खर्च सबै कटाएर १० हजार बंैकमा जम्मा गर्ने गरेको बताउछिन् । स्थानिय अल्लोबाट उत्पादन गरिएका कोट, पाइन्ट, स्काप, राडी पाखीहरुको बजार खासै नभएको उनको दुखेसो छ । नेस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...