News Portal

सिलाई पेशाबाटै आत्मनिर्भर दार्चुलाका महिला

हिमाली संचार संवाददाता
७५० पटक

किरन धामी, दार्चुला – वर्षौ देखि चुलोचौको, घाँस दाउरामा सिमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसिबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौ वर्षदेखि घास दाउरा गर्दै जीवन जीउँदै आएका याहाका महिला सिलाई कटाई सम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका छन् ।

कोट, पाइन्ट स्काप, स्वीटर, सिलाउने तथा बुन्ने प्रशिक्षण लिएर ग्रामीण भेगका महिलाहरु मासिक हजारौँ कमाउन सफल भएका छन् । सिलाइ सिकेर टेलर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाएर उनीहरुले मासिक बचत पनि गरिरहेका छन् । जिल्लाको नौगाड गाउपालिका– ३ की २१ वर्षीया पशुपति ठगुन्ना घरको दैनिक काम पनि सिध्याउँछिन् ।

कक्षा ९ सम्म पढेकी उनी कपडा सिउने सीप सिकेर नौगाड गाउँपालिकाको खारमा रहेको श्री भुमिराज अल्लो प्रसोधन तथा साझा सुविधा केन्द्रमा अल्लोका कोट, पाइन्ट, विभिन्न किसिमका आकर्षक स्काप सिउने व्यवसाय सञ्चालन गरिरहेकी छिन् । लुगा सिलाएर उनले मासिक १० देखि १५ हजार सम्म आम्दानी गर्ने गरेका छन् । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाबाट गाउँमै सिलाइ कटाईको तालिम लिए पछि ठगुन्नाको दिन फेरिएको छ ।

बिहान बेलुका घरको कामकाज गर्ने र बाँकी समय लुगा सिलाउन उनी व्यस्त रहन्छिन् । सीप सिकेर ‘सिलाई’ व्यवसाय सञ्चालन गरेपछि ठगुन्नालाई अरुको सहारामा बाँच्नु पर्ने बाध्यता हटेको छ । सीप सिके पछि अब केही गर्नुपर्छ भनेर उनको मनोबल पनि बढेर गएको छ ।

उनी भन्छिन, “मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ । यता श्रीमानको कमाइले घर चलाउन धौधौ पर्न थालेपछि नौगाड गाउँपालिकाकै सिप्टी ६ की ४० वर्षीया कलावति ठगुन्नाले पनि अल्लो प्रसोधन गरी राडी, पाखी, स्काप, बुन्न थाले पछि उनको पनि दिन फेरिएको छ । ‘उनी अचेल घरायसी समस्या छिचोल्दै सिप सिकेर घरको नुन तेलको जोहो गर्न सकेकी छिन् ।’

उनी भन्छिन,“सिप सिकेर भएको आम्दानीले घरखर्च तथा ४ जना छोरा छोरीलाई राम्रै शिक्षा दिइरहेकी छन् । सीप सिकेपछि आनन्द महसुस भएको उनको भनाई छ । वार्षिक रुपमा घरको खर्च सबै कटाएर १० हजार बंैकमा जम्मा गर्ने गरेको बताउछिन् । स्थानिय अल्लोबाट उत्पादन गरिएका कोट, पाइन्ट, स्काप, राडी पाखीहरुको बजार खासै नभएको उनको दुखेसो छ । नेस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...