News Portal

कतारबाट फर्किएपछि व्यवसायिक गोलभेंडा खेतीमा रमाउदै म्यादीका नारायण  

हिमाली संचार संवाददाता
७८३ पटक

प्रताप बानियाँ/म्याग्दी – यहाँका एकजना युवा वैदेशिक रोजगारीबाट घरमा फर्किएपछि व्यवसायिक गोलभेंडा खेतीतर्फ लागेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर भीरमुनीका युवा नारायण बानियाँ १३ वर्षसम्म विदेशी मरुभूमी कतार बसेपछि गाउँ फर्किएर अहिले कृषि खेतीमा आबद्ध भएका हुन् ।

६ महिना अघि घर फिरेका उनले सुरुमा एउटा टनेलभित्र १४५ वटा गोलभेंडाका बोट लगाएका छन् । आफ्नै गाउँ ठाउँमा केही गरौं भनेर आफूले कृषि खेती सुरु गरेको उनले बताए । युवा कृषक बानियाँले हालसम्म १० हजार रुपैयाँको गोलभेंडा बिक्री वितरण गरिसकेको बताउँदै अझै १० हजार बढीको गोलभेंडा रहेको जानकारी दिए । उनले सिर्जना जातको गोलभेंडा लगाएका थिए ।

करिब ५ हजार रुपैयाँ भन्दाबढी लगानी गरेको गोलभेंडा खेती पहिलोपटक भए पनि उत्पादन राम्रै दिएको उनको भनाइ छ । उनले टनेलबाट प्रतिकेजी ५० रुपैयाँ र बेनीबजारमा ४० रुपैयाँका दरले गोलभेंडा बिक्री गरेको बताए । भीरमुनीमा उत्पादन भएको गोलभेंडा म्याग्दी सदरमुकाम बेनीबजार, अर्थुङ्गे, पुलाचौर र भीरमुनी गाउँमै खपत हुने गरेको छ । थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सकिने भएपछि गोलभेंडा खेती गरेकाले उत्पादन सकारात्मक देखिएको कृषकको अनुभव रहेको छ ।

ईन्डियामा ४ वर्ष र कतारमा १३ वर्ष समय बिताएका युवा कृषक बानियाँले कृषि खेतीबाट पनि आर्थिक उपार्जन गर्न सकिन्छ भनेर गोलभेंडा खेती सुरु गरेको बताए । उनले गोलभेंडा खेतीसँगै कागती, बर्दिफल, खुर्सानी, करेला, बेसार काँक्रा लगायतका फलफुल तथा तरकारी खेती पनि गरेको जानकारी दिएका छन् । टनेलभित्र हावापानी र तापक्रमको व्यवस्थापन मिलाएर उत्पादन गरिएको हुँदा गोलभेंडा स्वादिष्ट र गुणस्तरीय हुने कृषकहरुको भनाइ छ । प्रशस्तै भिटामिन पाइने भएकाले गोलभेंडा मानव स्वास्थ्यका लागि हितकर मानिन्छ ।

उमेरले ४०औं वसन्तमा रहेका युवा बानियाँ कृषि खेतीलाई प्रोत्साहन गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने माग गरे । उनले युवालाई विभिन्न सिपमूलक तालिम दिएर व्यवसायमा आबद्ध गराउनुपर्ने भन्दै सहुलियत दरमा कृषि ऋणको व्यवस्था गर्नुपर्ने बताएका छन् । लाहुरे र रेमिट्यान्स भित्रिने जिल्लाको रुपमा चिनिने म्याग्दीमा कृषि बजारीकरणका लागि सरोकारवालाहरुले आवश्यक पहल गर्नुपर्ने उनले बताए ।

उच्च पहाडी जिल्ला म्याग्दीमा पछिल्लो समय व्यावसायिकताप्रति किसानहरुको चासो बढ्दै जान थालेको छ । विदेशबाट फर्किएका युवा तथा विदेश जान लागेका युवाहरु पनि पशुपालन, तरकारी, फलफुल, मौरीपालन र कृषि पेशामा लागेका छन् । जिल्लामा व्यवसायिक रुपमा लाग्ने युवाहरु थपिदै गएका छन् । नेस

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...