News Portal

कतारबाट फर्किएपछि व्यवसायिक गोलभेंडा खेतीमा रमाउदै म्यादीका नारायण  

हिमाली संचार संवाददाता
८०० पटक

प्रताप बानियाँ/म्याग्दी – यहाँका एकजना युवा वैदेशिक रोजगारीबाट घरमा फर्किएपछि व्यवसायिक गोलभेंडा खेतीतर्फ लागेका छन् । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर भीरमुनीका युवा नारायण बानियाँ १३ वर्षसम्म विदेशी मरुभूमी कतार बसेपछि गाउँ फर्किएर अहिले कृषि खेतीमा आबद्ध भएका हुन् ।

६ महिना अघि घर फिरेका उनले सुरुमा एउटा टनेलभित्र १४५ वटा गोलभेंडाका बोट लगाएका छन् । आफ्नै गाउँ ठाउँमा केही गरौं भनेर आफूले कृषि खेती सुरु गरेको उनले बताए । युवा कृषक बानियाँले हालसम्म १० हजार रुपैयाँको गोलभेंडा बिक्री वितरण गरिसकेको बताउँदै अझै १० हजार बढीको गोलभेंडा रहेको जानकारी दिए । उनले सिर्जना जातको गोलभेंडा लगाएका थिए ।

करिब ५ हजार रुपैयाँ भन्दाबढी लगानी गरेको गोलभेंडा खेती पहिलोपटक भए पनि उत्पादन राम्रै दिएको उनको भनाइ छ । उनले टनेलबाट प्रतिकेजी ५० रुपैयाँ र बेनीबजारमा ४० रुपैयाँका दरले गोलभेंडा बिक्री गरेको बताए । भीरमुनीमा उत्पादन भएको गोलभेंडा म्याग्दी सदरमुकाम बेनीबजार, अर्थुङ्गे, पुलाचौर र भीरमुनी गाउँमै खपत हुने गरेको छ । थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सकिने भएपछि गोलभेंडा खेती गरेकाले उत्पादन सकारात्मक देखिएको कृषकको अनुभव रहेको छ ।

ईन्डियामा ४ वर्ष र कतारमा १३ वर्ष समय बिताएका युवा कृषक बानियाँले कृषि खेतीबाट पनि आर्थिक उपार्जन गर्न सकिन्छ भनेर गोलभेंडा खेती सुरु गरेको बताए । उनले गोलभेंडा खेतीसँगै कागती, बर्दिफल, खुर्सानी, करेला, बेसार काँक्रा लगायतका फलफुल तथा तरकारी खेती पनि गरेको जानकारी दिएका छन् । टनेलभित्र हावापानी र तापक्रमको व्यवस्थापन मिलाएर उत्पादन गरिएको हुँदा गोलभेंडा स्वादिष्ट र गुणस्तरीय हुने कृषकहरुको भनाइ छ । प्रशस्तै भिटामिन पाइने भएकाले गोलभेंडा मानव स्वास्थ्यका लागि हितकर मानिन्छ ।

उमेरले ४०औं वसन्तमा रहेका युवा बानियाँ कृषि खेतीलाई प्रोत्साहन गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने माग गरे । उनले युवालाई विभिन्न सिपमूलक तालिम दिएर व्यवसायमा आबद्ध गराउनुपर्ने भन्दै सहुलियत दरमा कृषि ऋणको व्यवस्था गर्नुपर्ने बताएका छन् । लाहुरे र रेमिट्यान्स भित्रिने जिल्लाको रुपमा चिनिने म्याग्दीमा कृषि बजारीकरणका लागि सरोकारवालाहरुले आवश्यक पहल गर्नुपर्ने उनले बताए ।

उच्च पहाडी जिल्ला म्याग्दीमा पछिल्लो समय व्यावसायिकताप्रति किसानहरुको चासो बढ्दै जान थालेको छ । विदेशबाट फर्किएका युवा तथा विदेश जान लागेका युवाहरु पनि पशुपालन, तरकारी, फलफुल, मौरीपालन र कृषि पेशामा लागेका छन् । जिल्लामा व्यवसायिक रुपमा लाग्ने युवाहरु थपिदै गएका छन् । नेस

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...