News Portal

जसपामा महन्थ, राजेन्द्रसहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण

हिमालीसंचार संवाददाता
३७२ पटक

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई पुनः स्पष्टीकरण सोधेको छ।

गएको जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयानुसार स्पष्टीकरण सोधिए पनि त्यसको जवाफ नआएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पुनः स्पष्टीकरण सोधिएको हो।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले पठाएको स्पष्टीकरणपत्रमा २४ घण्टाभित्र जवाफ दिन भनिएको छ। अघिल्लोपटक तीन दिनको समय दिँदा पनि स्पष्टीकरणको जवाफ नआएकाले फेरि पत्र पठाइएको जनाइएको छ। स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...