News Portal

केपी ओली र थापाले किन भेटे सुटुक्क ?

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाडौं – कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच गोप्य वार्ता भएको रहस्य बाहिर आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जेठ १० गते ओली र थापाबीच वार्ता भएको स्रोतले जनाएको छ।

भेटवार्तालाई ओली र थापा दुबैले लुकाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र ओलीले प्रतिनिधि सभा विघटन गरे आलोचित बनेका बेला ओलीले राप्रपाका अध्यक्ष थापासँग गोप्य वार्ता गरेका हुन्।

ओली र थापाबीच सरकारमा सहभागी हुने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ। प्रतिनिधि सभा विघटन भएपछि सांसद हुनुपर्ने व्यवस्था छैन। त्यही व्यवस्थालाई टेकेर ओलीले राप्रपाका नेताहरूलाई सरकारमा सहभागी गराउन थापासँग आग्रह गरेको दाबी गरिएको छ।

ओलीको आग्रहमा राप्रपका अध्यक्ष थापाले राष्ट्रिय सभाको निर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई मतदान गरेका थिए। राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा उठाउँ आएका थापाले राजसंस्था र हिन्दूराष्ट्र विरोधी रामबहादुर थापालाई मतदान गरेका थिए।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...