News Portal

केपी ओली र थापाले किन भेटे सुटुक्क ?

हिमालीसंचार संवाददाता
४१७ पटक

काठमाडौं – कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच गोप्य वार्ता भएको रहस्य बाहिर आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जेठ १० गते ओली र थापाबीच वार्ता भएको स्रोतले जनाएको छ।

भेटवार्तालाई ओली र थापा दुबैले लुकाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र ओलीले प्रतिनिधि सभा विघटन गरे आलोचित बनेका बेला ओलीले राप्रपाका अध्यक्ष थापासँग गोप्य वार्ता गरेका हुन्।

ओली र थापाबीच सरकारमा सहभागी हुने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ। प्रतिनिधि सभा विघटन भएपछि सांसद हुनुपर्ने व्यवस्था छैन। त्यही व्यवस्थालाई टेकेर ओलीले राप्रपाका नेताहरूलाई सरकारमा सहभागी गराउन थापासँग आग्रह गरेको दाबी गरिएको छ।

ओलीको आग्रहमा राप्रपका अध्यक्ष थापाले राष्ट्रिय सभाको निर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई मतदान गरेका थिए। राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा उठाउँ आएका थापाले राजसंस्था र हिन्दूराष्ट्र विरोधी रामबहादुर थापालाई मतदान गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...