News Portal

मध्यरातको कालो कदमविरुद्ध जागौं

हिमालीसंचार संवाददाता
५३९ पटक

काठमाडौं -म जेल जान तयार छु।जेलमै सडिन तयार छु।तर प्रधानमन्त्री र राष्ट्रपतिले चालेको मध्यरातको कालो कदमको विरुद्ध डटेर सामना गर्छु।  संविधानलाई पटकपटक कुल्चेर देश र जनतालाई अध्यारोतर्फ धकेल्ने प्रम र राप यो देशको सबैभन्दा ठूला दुश्मन हुन्,अपराधी हुन्।

कोरोनाले तहसनहस देश र विक्षिप्त नागरिकलाई कसरी बचाउन सकिन्छ भन्ने राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्ने जिम्मेवारीलाई लत्याएर हठात चुनावतर्फ देशलाई धकेल्नु मानवताविरोधी कार्य हो। देशमा लाशको लस्कर लागेको छ।तर पनि केवल सत्ताको लागि सबै हद पार गर्न तम्तयार भई त्यसको लागि लोकतन्त्र र संविधानविपरीत कदम चाल्न पछि नहट्ने सन्की प्रम र संविधान विपरीतको प्रत्येक कदमलाई मोहर ठोक्दै हिंड्ने होश गुमाएकी रापलाई जनताले उचित समयमा उचित जवाफ दिने नै छन्।

यतिबेला लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एक ठाउँ उभिएर मध्यरातको कालो कदमविरुद्ध प्रतिवाद/प्रतिकार गर्नलाई होशियारपूर्वक तयारी रहन अनुरोध छ। मध्यरातको कालो कदमविरुद्ध जागौ। मा.सुयर्माराज राई सचेतक,नेपाली कांग्रेस संसदीय दल,प्रदेश न.१)

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...