News Portal

मध्यरातको कालो कदमविरुद्ध जागौं

हिमालीसंचार संवाददाता
५९५ पटक

काठमाडौं -म जेल जान तयार छु।जेलमै सडिन तयार छु।तर प्रधानमन्त्री र राष्ट्रपतिले चालेको मध्यरातको कालो कदमको विरुद्ध डटेर सामना गर्छु।  संविधानलाई पटकपटक कुल्चेर देश र जनतालाई अध्यारोतर्फ धकेल्ने प्रम र राप यो देशको सबैभन्दा ठूला दुश्मन हुन्,अपराधी हुन्।

कोरोनाले तहसनहस देश र विक्षिप्त नागरिकलाई कसरी बचाउन सकिन्छ भन्ने राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्ने जिम्मेवारीलाई लत्याएर हठात चुनावतर्फ देशलाई धकेल्नु मानवताविरोधी कार्य हो। देशमा लाशको लस्कर लागेको छ।तर पनि केवल सत्ताको लागि सबै हद पार गर्न तम्तयार भई त्यसको लागि लोकतन्त्र र संविधानविपरीत कदम चाल्न पछि नहट्ने सन्की प्रम र संविधान विपरीतको प्रत्येक कदमलाई मोहर ठोक्दै हिंड्ने होश गुमाएकी रापलाई जनताले उचित समयमा उचित जवाफ दिने नै छन्।

यतिबेला लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एक ठाउँ उभिएर मध्यरातको कालो कदमविरुद्ध प्रतिवाद/प्रतिकार गर्नलाई होशियारपूर्वक तयारी रहन अनुरोध छ। मध्यरातको कालो कदमविरुद्ध जागौ। मा.सुयर्माराज राई सचेतक,नेपाली कांग्रेस संसदीय दल,प्रदेश न.१)

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...