News Portal

जसपाका महन्थ-राजेन्द्र पक्ष ओली सरकारमा जाने तयारी

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा जाने आन्तरिक  तयारीमा जुटेको छन्।

जसपाका एक नेताका अनुसार रिक्त रहेका सात मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन्।जसपाले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र रहेको छ। अरू माग पनि पूरा गर्ने प्रतिवद्धता जनाइ रहेकाले अध्यक्ष ठाकुर र नेता महतो ओली सरकारमा जानुपर्ने निश्कर्षमा पुगेका हुन्। 

प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आग्रह गरिरहे पनि वातावरण बल्ल बनेको जसपाका एक कार्यकारिणी समिति सदस्यले बताए। ‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन्। अब जसपाको छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ,’ अध्यक्ष ठाकुरनिकट जसपाका ती नेताले भने, ‘प्रधानमन्त्रीले पनि खालि रहेका ७ मन्त्रालयमा मन्त्री पठाउन भन्नु भएको छ। यसबारे अझै गम्भीर रूपमा छलफल गर्छौं।’

प्रधानमन्त्री ओलीले अहिले रहेका मन्त्री नहटाइकन यसअघिदेखि नै रिक्त मन्त्रालय जसपालाई दिने गरी सरकारमा आउन भनेका छन् । नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त रहेको छ। ती रिक्त मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन्।

माओवादी छाडेका एमाले आएकाहरूलाई अदालतले गैरसांसद ठहर गरेसंगै ती मन्त्रीहरु मन्त्रीबाट हट्नुपरेको थियो। प्रधानमन्त्री ओलीले अन्य मन्त्रालयहरू हेरफेरसमेत गर्न सकिने बताइरहेका छन्।

श्रोतका अनुसार संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ। त्यस्तै, ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ। तर अब सात जना मात्रै मन्त्री थप गरेर मिलाउने पक्षमा रहेका छन्। जसपामा आकांक्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गरेको स्रोतको दावी छ।

जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन। उनीहरूले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन्। ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादव एक मत रहेका छन्। त्यस्तै, उनीहरूले हालै केन्द्रीय कार्यकारिणी समिति बैठक बसेर सरकारमा गए कारवाही गर्ने चेतावनी दिएका छन्।

तर ओली सरकारमा जानेबारे पार्टीभित्र विवाद नरहेको महन्थ ठाकुरनिकट नेता सुरेन्द्र झाले दावी गरेका छन्। आफूहरूको मुख्य सवाल सरकारभन्दा पनि मागहरू पुरा गरिरहेका हुनाले ओली सरकारमा जाने बताए । जसपाको माग ओलीले सकरात्मक ढंगले अगाडि बढाएकोले सहकार्य हुन सक्ने उनले बताए।

जसपा श्रोतका अनुसार ‘सरकारले हाम्रा मुख्य माग सम्बोधन गरेको छ। प्रधानमन्त्रीले पनि सकरात्मक ढंगले माग पूरा गर्छु भनिरहनुभएको छ। त्यसैले हाम्रो पनि उहाँसँग सहकार्य हुने सम्भावना बढेको छ।’

जसपाको मुख्य मागमध्ये रेशम चौधरीको रिहाइ हुन बाँकी रहेको उनले बताए। ‘उहाँको रिहाइ हुन बाँकी छ। विपक्षी गठबन्धन कसरी अगाडि बढ्छन् र पार्टीभित्र कस्तो समिकरण अघि बढ्छ यी सबै विषयले सरकारमा जानका लागि केही समय लाग्न पनि सक्छ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...