News Portal

पुर्वाञ्चलका विभिन्न स्थानमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

हिमालीसंचार संवाददाता
३६० पटक

सुनसरी – प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा माओवादी निकट वाइसीएलले पुर्वाञ्चलको विभिन्न स्थानहरुमा आइतबार साँझ राँके जुलुश संगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्।

वाइसीएल लिगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसंगै उर्लाबारीमा राँके जुलुस निकालेकोा थिए। वाइसीएल केन्द्रिय निर्वाचन आयोग सदस्य दिपक आले मगरले  राकेजुलुस र पुत्ला दहन गरिएको बताए ।

‘कोरोना भाइरस लागेर म बरु मर्न तयार छु तर यो देशको ब्यवस्था मर्न दिन्न’ भन्ने नारा सहित राकेजुलुस निकालिएको राजिब लिम्बुले बताए ।

त्यस्तै, सुनसरीको धरानमा पनी धरानमा वाइसिएल नेपाल सुनसरीद्वारा संसद विघटनको विरोधमा धरान नगरपालिकाको भानुचौक स्थित प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका थिए। विरोध सभामा वाइसिएल नेपाल सुनसरीका पदाधिकारी सहितको उपस्थितिमा विरोध प्रदर्शन गरिएको हो । 

कोरोना भाइरसको दोश्रो भेरिएन्ट संक्रमणले देश र जनता आक्रान्त भइरहेको अवस्थामा सत्ता र शक्तिका लागि लकडाउनको मौका छोपी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गरेर सबिधानको बर्खिलाप गरेको वाइसिएल नेपाल सुनसरी जिल्ला फ्र्याक्सन इन्चार्ज पुर्ण भुजेल चिन्तनले बताए।

प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम प्रतिगमन हो यसको विरोधमा प्रतिगमन नसचिउनजेस सम्म विरोध निरन्तर जारि रहने पनि उनले बताए। यो विरोध देशव्यापीरुपमा अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल अपनाएर प्रतिगमन नसचिउन्जेल हामि सडकबाट विरोध गर्ने इन्चार्ज चिन्तनले बताए। 

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...