News Portal

राष्ट्रपति ‘रबर स्ट्याम्प’ भइन्, महाभियोग लगाएर हटाऔं – विवेकशील साझा

हिमालीसंचार संवाददाता
४११ पटक

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रबर स्ट्याम्प’बनेको आरोप लगाउँदै विवेकशील साझा पार्टीले महाभियोग लगाएर उनलाई बिदा गर्न विपक्षी दलहरूलाई आह्वान गरेको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिँदै तथा राजीनामा नदिँदै राष्ट्रपति भण्डारीले बिहीबार साँझ विज्ञप्ति जारी गरी संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आज अपराह्न ५ बजेसम्मको समय दिएकी छन्। जसलाई विवेकशील साझा पार्टीले असंवैधानिक कदम भनेको छ।

शुक्रबार बिहान विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यसविपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लंघन भएको छ। प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैं रबर स्ट्याम्पसरह सदर गर्नु पूरापूर असंवैधानिक कदम हो।’

यसरी ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीलाई तत्काल महाभियोग लगाएर पदबाट हटाउन विवकेशील साझाले माग गरेको छ। प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबाट संविधानविरुद्ध शृंखलाबद्ध रूपमा प्रहार भइरेको उल्लेख गर्दै विवेकशील साझाले संसदमा प्रधानमन्त्री ओलीका विपक्षमा रहेका दल तथा सांसदलाई एक जुट भई नयाँ सरकार गठनमा जुट्न आह्वान पनि गरेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...