News Portal

राष्ट्रपति ‘रबर स्ट्याम्प’ भइन्, महाभियोग लगाएर हटाऔं – विवेकशील साझा

हिमालीसंचार संवाददाता
३५४ पटक

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रबर स्ट्याम्प’बनेको आरोप लगाउँदै विवेकशील साझा पार्टीले महाभियोग लगाएर उनलाई बिदा गर्न विपक्षी दलहरूलाई आह्वान गरेको छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिँदै तथा राजीनामा नदिँदै राष्ट्रपति भण्डारीले बिहीबार साँझ विज्ञप्ति जारी गरी संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आज अपराह्न ५ बजेसम्मको समय दिएकी छन्। जसलाई विवेकशील साझा पार्टीले असंवैधानिक कदम भनेको छ।

शुक्रबार बिहान विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यसविपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लंघन भएको छ। प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैं रबर स्ट्याम्पसरह सदर गर्नु पूरापूर असंवैधानिक कदम हो।’

यसरी ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीलाई तत्काल महाभियोग लगाएर पदबाट हटाउन विवकेशील साझाले माग गरेको छ। प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबाट संविधानविरुद्ध शृंखलाबद्ध रूपमा प्रहार भइरेको उल्लेख गर्दै विवेकशील साझाले संसदमा प्रधानमन्त्री ओलीका विपक्षमा रहेका दल तथा सांसदलाई एक जुट भई नयाँ सरकार गठनमा जुट्न आह्वान पनि गरेको छ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...