News Portal

नेताहरूको एउटै स्वर : मदन भण्डारी हत्याको छानबिन

हिमालीसंचार संवाददाता
६५० पटक

काठमाडौं – एमालेका तत्कालीन महासचिव मदन कुमार  भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रित हत्या भएको २८ वर्ष पूरा भएको छ। लोकप्रिय नेता मदन भण्डारीको हत्या कसले गरेको हो र किन गरेको भन्ने कुरा तीन दशक सम्मपनी बाहिर आएको छैन। यसबीचमा थुप्रै नेताहरूले दासढुङ्गा हत्याकाण्डको छानबिन गरेर दोषीलाई कार्वाही गर्ने भनेपनी त्यो बोलिमै सिमित भएको छ।

मदन भण्डारीको श्रीमति रास्ट्रपति छन् , उनी दोस्रो कार्यकालमा छिन् र  एमाले अध्यक्ष केपि शर्मा ओलि प्रधानमन्त्री छन्। यसतो अबस्थामा समेत आफ्ना नेताको हत्याकाण्डमा बारेमा छानबिन हुन नसक्नु दु:खद रहेको आम गुनासो छ। आज २८ औं स्मृतिमा दिवसको अवसरमा नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। मदन भण्डारीका दमदार भाषाणहरु सामाजिक संजालमा भाइरल छन्।

प्राय नेताहरूले श्रद्धाञ्जली व्यक्त गर्दै  दासढुङ्गा हत्याकाण्डको  सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मदन भण्डारी संगैको तस्वीर सार्वजनिक गर्दै हत्याको छानबिन गर्नुपर्ने माग गरेका छन्।

२०५० जेठ ३ गते दासढुगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन ! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहाॅहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं ! ”

त्यस्तै एमाले वरिष्ठ नेता मधावकुमार नेपालले समेत बिज्ञप्ती जारी गर्दै भण्डारी र आश्रति प्रती श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपालले घटनाको सत्यतथ्य छानबिन गर्न समेत माग गरेका छन्।

नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले लोकतान्त्रीकरणको आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताएका छन्। किरणले लेखेका छन्।”

हार्दिक श्रद्धाञ्जली नेपाली राजनीतिमा रहस्यमय तरिकाले हुने हत्या कसरी भएका हुन्, कसको योजनामा भएका हुन्, के कारणका लागी भएका हुन्  र त्यसका मुख्य दोषी को हुन भन्ने कुरा छानबिन हुनुपर्छ। बेलैमा हत्याराहरु पत्ता लगाएर कानुनी कार्वाही हुनुपर्छ, होइन भने यस्ता घटना दोहोरिने खतरा छ।” 

तत्कालीन अबस्थामा राजा विरेन्द्रलाई टक्कर दिने बामपंथी नेताको रूपमा भण्डारी लोकप्रिय थिए। उनले जनताको बहुदलीय जनताको कार्यक्रम अगाडि सारेका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...