News Portal

ओली-नेपाल वार्ता सकियो, ५/५ सदस्यीय वार्ता टोली गठन

हिमालीसंचार संवाददाता
४४१ पटक

काठमाडौं – नेकपा एमालेमा विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले ५/५ नेता रहेको एक विशेष कार्यदल गठन गरेका छन् ।

कार्यदलमा ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल पक्षको तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको थियो ।

बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेका भए पनी प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको जानकारी दिए ।

गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ गतेलाई आधार बनाएर पार्टीभित्र रहेका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो ।

माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्य नेताको टुंगो लाग्न बाँकी रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...